नेपालमै पहिलो पटक व्यवसायिकरुपमा बयर खेती झापामा शुरु (भिडियो सहित)

कमलमा कमालकाे बयर खेती

३ असोज २०७८/डिकेश लामा

फरक र छिटो आम्दानी हुने खालको खेती गर्न लागी परेका किसानले झापामा पहिलो पटक व्यवसायिकरुपमा वयर खेती थालेका छन् । नेपालमा व्यवसायिकरुपमा न्यून मात्र खेती हुँदै आएको एप्पल वेरी नामले चिनिने बयर खेती थालिएको हो । पछिल्लो समय भारतमा मात्र व्यवसायिक खेती हुने उन्नत प्रजातिको बयर खेती झापामा पनि थालिएको छ । यस बर्ष झण्डै १० लाख रुपयाँको खर्चमा कमल गाउँपालिका वडा नं. ४ किसान इन्द्रकुमार श्रेष्ठले ३ विगाह क्षेत्रमा व्यवसायिकरुपमा बयर खेती थाल्नु भएको हो । दमक उद्योग बाणिज्यसंघका पूर्व अध्यक्ष समेत रहनु भएका श्रेष्ठले खेतीमा छिटो र राम्रो आम्दानी दिने प्रकृतिको खेती अध्ययन गरी भारतबाट भित्राएको बताउनु भएको छ ।

यस्तै यता कमल वडा नं. २ का अर्का किसान चिरन ढकालले समेत परिक्षणका लागि खेती थाल्नु भएको छ । नेपाली बजारमा हालसम्म भारतबाट मात्र भित्रने उन्नत जातका बयर प्रति केजी एक सय देखि जात हेरेर २ सय सम्म विक्री हुने गरेको छ ।

नेपालमा व्यवसायिकरुपमा खासै नगरिएको बयर खेती पछिल्लो समय झापाका किसानले थालेका छन् । भारतमा धेरै हुने खेती अहिले कमलका किसानले शुरु गरेको कमल गाऊँपालिकाका कृषि प्राविधिक महेन्द्र बोहोराले बताउनु भयो । एप्पल बेरी अंग्रेजी नामले चिचिने उन्नत जातको बयर पछिल्लो समय भारतमा व्यवसायिकरुमा खेती हुने गरेको देखेर झापाका केही किसानले खेती थालेका छन् । स्थानीय क्षेत्रमा नै बृहत मात्रमा बयर उत्पादन गर्न सके भारतीयलाई आयातलाई रोक्न सकिने किसानको भनाइ छ ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १०६६ संक्रमित, १२३४ निकाेः १६ जनाकाे मृत्यु
Next post एकै परिवारका ६ जनाकाे हत्याकाे आरोपमा थप चार जना पक्राउ