अस्पतालमा तोडफोड


९ अशोज २०७८/ सारासन्देश समाचार
झापाको दमकमा वडा नं. ७ मा रहेको एडभान्स अस्पतालमा तोडफोड भएको छ । उपचारको क्रममा रहेको १ बर्षीय बच्चालाई कोभिड पोजिटिभ देखिए पछि अस्पतालमा नराखेका कारण मृत्यु भएको भन्दै मृतकका आफन्त सहित गाउँलले तोडफोड गरेका छन् ।
एक दिन अघि उपचारको क्रममा कलम वडा नं. १ का दुधे बालक कृजन खड्कालाई कोरोना पोजिटिभ देखिएको भन्दै अस्पतालले घर पठाएको थियो । घरमा डाक्टरले दिने भनिएको सुई स्थानीय स्वास्थ्यकर्मीृको सहयोगमा लगाए पछि बालकको मृत्यु भएको भन्दै विरामीेको आफन्तहरु आक्रोसित बनेका छन् । विरामी बच्चालाई अस्पतालमा राख्नुको सट्टा घर पठाएकै कारण मृत्यु भएको पीडित पक्षले बताएका छन् ।


यता अस्पतालले भने बच्चाको कोभिड उपचार वेड नभएकाले घर पठाइएको र लेखे अनुसार औषधी नचलाएकाले बालकको मृत्यु भएको जनाएको छ ।
घटनाबारे आज जनप्रतिनिधि, राजनैतिक तथा सामाजिक अगुवाबीच छलफलकोक्रममा कुरा नमिले पछि अस्पतालमा तोडफोड भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post जोखिममा सुकुम्बासी बस्ती, घर माथिको विधुतको तार हटाउन माग (भिडियाे सहित)
Next post नेपालमा आज ९५३ संक्रमित, १३७१ निकाेः ६ जनाकाे मृत्यु