अग्रज लोक गायक जोशी सम्मानीत


१८ अशोज २०७८/सारासन्देश समाचार
पूर्वी नेपालका अग्रज लोक गायक एलपी जोशी आज दमकमा भएको एक कार्याक्रमबीच सम्मानित हुनु भएको छ । स्वर सम्राट नारायण गोपालको ३० औं स्मृति दिवशको अवसर पारेर गत बर्ष घोषणा गरिएको सम्मान आज जोशीलाई प्रदान गरिएको हो । लामो कोरोना कहर रोकिएको कार्याक्रम काठमाण्डौंबाट नारायण गोपाल संगीत कोषको टीम आएर सम्मान गर्न पाउँदा खुशी लागेको कार्याक्रमका सभापति कोषका महासचीव दिपक केसीले बताउनु भयो ।
भारतको दार्जिलिङ्ग बसोवास गर्ने नेपाली संगीतकार जीवन अधिकारीको प्रमुख आथित्यमा भएको कार्याक्रममा लोक गायक जोशीलाई ताम्रापत्र र नगद २५ हजारले सम्मान गरिएको छ । रिटिङ्ग रिटिङ्ग नबजाउ विनायो विनायोले मन मेरो छिनायो, ओल्लो खोलो, पल्लो खोलो कमिलाको गोलो भनेर जस्ता पुराना बहुचर्चित लोक गीतका गायक अघिल्लो पुस्ताका एक मात्र जिवीत कलाकार हुनु हुन्छ ।


सम्मानित अग्रज गायक जोशीको जीवनी र उपलव्धीबारे साहित्यकार धनकुटे कान्छाले बोल्नु भएको छ । गायक जोशीले दजनौं पुरस्कार र सम्मान लिइ सक्नु भएको छ । झापाको दमक वडा नं. १ निवासी जोशी हाल ८६ बर्षको हुनु भएको छ । कार्याक्रममा पूर्वी नेपालका स्थापित कलाकार तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अग्रज लोक गायक जोशी सम्मानीत
Next post दमकमा प्रदेश एक पालिका स्तर भलिवल प्रतियोगिता शुरु