दमक र झापा तथा वेलबारी र रामप्रसादबीच सेमीफाइनलमा भिडन्त हुने

१९ अशोज २०७८/डिकेश लामा

झापाको दमकमा जारी प्रथम अध्यक्ष कप एक नम्बर प्रदेश पालिका स्तरीय भलिवल खेल प्रतियोगितामा आज बाँकी पहिलो र दोस्रो चरणको खेल सम्पन्न भएको छ । आजको पहिलो चरणको खेलमा हतुवागढीले लेटाङ्ग, रामप्रसादले बाह्रदशी र सभापोखरीले चुलाचुलीलाई हराएको छ ।

यस्तै दोस्रो चरणको खेलमा दमकले कमललाई, झापाले हतुवागढीलाई, रामप्रसादले आम्चोकलाई र वेलबारीले सभापोखरीलाई हराएर सेमी फाइनलमा प्रवेश गरेको खेल संयोजक राजु धिमालले जानकारी दिनु भयो ।

यसैगरी भोलि दमक र झापा तथा रामप्रसाद र वेलबारीबीच सेमी फाइनलको खेल हुनेछ । खेलमा विजेताबीच फाइनल खेल समेत हुने आयोजकले जानकारी दिएको छ । दमक नगरपालिका वडा नं. ३ को प्रस्तावित मदनभण्डारी रंगशालामा जारी प्रतियोगीतामा प्रदेश एकका ५ वटा जिल्लाका १९ वटा पालिकाले सहभागीता जनाएका छन् । प्रतियोगितामा विजेतालाई १ लाख र उपविजेतालाई ५० हजार नगद सहित ट्रफी प्रदान गरिने खेलकुद समितिले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकमा प्रदेश एक पालिका स्तर भलिवल प्रतियोगिता शुरु
Next post ३ बर्ष पछि साेनाम हत्या र ३३ किलाे सुन काण्डकाे फैसलाः ६ जनालाई जन्मकैद