दमकका भण्डारीले श्रीमतिको गरे हत्या
७ मंसीर २०७७, दमक– वैदेशिक रोजगारबाट फर्किएका श्रीमानले आज झापाको कमलमा आफ्नै श्रीमतिको हत्या गरेका छन् । स्थायी ठेगाना दमक नगरपालिका वडा नं. १ मामाचाैक भई खेतीमा गएको समय कमल गाऊँपालिका वडा नं. ६ जीवन चौक भन्ने स्थानमा आज आइतबार अपरान्ह हत्या गरिएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।
हत्याका आरोपित ४७ बर्षीय चुडामणी भण्डारीले खेतमा काम गर्न गएको मौका छोपी ३७ बर्षीय टिकामाया भण्डारीको खुकुरी प्रहार गरी हत्या गरेको घटना स्थल पुग्नु भएका इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले बताउनु भयो । पण्डितका अनुसार मृतक श्रमतीसँग गएका प्रकाश चन्द्र दाहाल समेत घाइते रहेको बताउनु भयो । हत्याको आरोपमा श्रीमानलाई घटना स्थलबाटै नियन्त्रणमा लिइसकेको बताइएको छ । हत्याको आरोपित भण्डारीले आफू विदेशमा हुँदा कमाएको रकम हिनामिना गरी अर्कोसँग लागेको आशंका गरी हत्या गरेको अनुमान गरिएको प्रहरीले जानकारी दिएको छ ।