हातले मादल बनाउनेहरु विस्थापित हुँदै (भिडियाे सहित)

मेशिनका कारण पराम्परागत शैलीका मादल लाेप हुँदै

२१ कार्तिक २०७८/डिकेश लामा

मेशिनबाट निर्मित मादलहरु भारतबाट भित्रन थाले पछि झापामा पराम्परागत तरिकाले मादल बनाएर विक्री गर्नेहरु संकटमा पर्दै गएका छन् । विगत बर्षहरुमा तिहारको वेला १ देखि ढेड लाख रुपयाँसम्मको मादल विक्री गर्नेहरु पेशाबाट विस्तारै विस्थापित हुन थालेका छन् । झापाको दमक वडा नं. ४ मा ५ दशक देखि हातले मादल बनाएर विक्री गर्दै आउनु भएका ७० बर्षीय मोहितबहादुर विकको परिवारले बनाएका मादलहरु विगत बर्षमा जस्तो विक्री हुन सकेन ।

मेशिनले बनाएका मादलहरु सस्तो र प्रसस्त पाउन थाले पछि पराम्परागत शैलीबाट हातले बनाएका मादल विक्री घटेको छ । मादल विक्री गरेर गुजारा गर्नेहरु भने जस्तो मादल विक्री नभए पछि पेशाबाटै विस्थापित हुने अवस्था आएको जिवन सेन्चुरीले बताउनु भयो ।

राम्रो बज्ने र बलियो मादल खरिद गर्नेले अझै पनि हातले बनाएको मादल नै खरिद गर्ने गरेका छन् । धेरैजसो मादल स्वदेशमा भन्दा पनि तेस्रो मुलुकमा विक्री हुने गरेको दमकमा मादल तथा अन्य बाध्यबाधान विक्री गर्दै आउनु भएका प्रकाश पाण्डेले बताउनु भयो ।

हातले पराम्परागत तरिकाले मादल बनाउनेहरु विस्तारै ग्रामिण क्षेत्रबाट विस्थापित हुन थालेका छन् । मेशिनले निर्माण गरेका मादलहरु बजारमा सस्तो र धेरै पाउने भएकाले गाउँघरमा मादल बनाउनेहरु पेशाबाट विस्थापित बन्दै गएको उनीहरुले बताएका छन् ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १४३ संक्रमित, ५६३ निकाेः ९ जनाकाे मृत्यु
Next post दुःखद खबर सल्यान शाेकमाः बस पल्टिदा १२ जनाकाे ज्यान गयाे