नयाँ पर्यटकीय क्षेत्र चिनाउन मंगाेलियन हर्ट व्याण्ड झिलझिलेमा अाउने

राजु लामाकाे लाइभ कन्सर्ट मंसीर १० गते हुने

२३ कार्तिक २०७८/सारासन्देश समाचार
झापामा पर्यटकका लागि नयाँ गन्तव्यको रुपमा खोलिएका क्षेत्रको चिनारी गराउँन राष्ट्रिय कलाकारहरुबाट थालनी गर्न थालिएको छ । शिवसताक्षी नगरपालिकामा हालै संचालनमा ल्याइएको झण्डै ५२ करोड लगानीको वाटर किङडम पार्कमा साँगीतिक साँझ गरी नयाँ पर्यटकी क्षेत्रको परिचय गर्ने योजना बनाइएको पार्कका संचालक सदस्य सौजनराज संग्रौलाले बताउनु भयो ।

लामो लकडाउनले पर्यटकीय क्षेत्रमा असर पारे पछि भर्खर खुल्न थालेका नयाँ पर्यटकीय क्षेत्रको पहिचान गराउन राष्ट्रिय स्तरका कलाकार गायक राजु लामा सहितको मंगोलियन हार्ट व्याण्डबाट आगामी मंसीर १० गते साँगीतिक साँझ कार्याक्रम गर्ने योजना बनाइएको आज पार्कमा गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । अघिल्लो महिना प्रीति आले सहितको टीमले कार्याक्रम गरेको थियो । यस पटक झण्डै ३० लाख खर्चमा आयोजना गरिएको प्रत्यक्ष साँगीतिक कार्याक्रममा ५ हजार धेरै मानिसले अवलोकन गर्ने आयोजक पार्कले जानकारी दिएको छ । कन्सर्टमा प्रवेश गर्न १ हजार तिर्नु पर्ने र सो रकममा क्यान वियर उपलव्ध गराइएको बताइएको छ ।

कोरोना कहरले गर्दा अघिल्लो बर्ष साढे ६ करोड व्याज तिर्नु परेकाले ठूलो लगानीका पर्यटकीय क्षेत्र चिनाउन मासिक साँगीतिक कार्याक्रम गर्ने योजना बनाइएको कार्याक्रममा जानकारी गरिएको छ । प्रदेश नम्बर एकमै पहिलो पटक बृहत पानीको प्रयोग गरेर निर्माण गरिएको पार्क हालै आएर संचालनमा ल्याइएको छ । पार्कमा होटल, पार्टी हल देखि रिर्सोट र पानीका विभिन्न परिकारमा मनोरञ्जन गर्न खेल्ने स्थल निर्माण गरिएको छ । पार्कमा झापामा पहिलो पटक जीपलाईन र साइकिलिङ्ग समेत राखिएको पार्कले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ५३३ संक्रमित, ४८४ निकाेः १ जनाकाे मृत्यु
Next post किसानलाई सरकारले राहत दिने कार्यविधि