प्रेस सेन्टर झापाको अध्यक्षमा रेग्मी सर्वसम्मत

२९ कार्तिक २०७८/सारासन्देश समाचार
प्रेस सेन्टर नेपाल झापाको विस्तारित भेलाले अध्यक्षमा पुनः सर्वसम्मतिबाट झुलन रेग्मीलाई चयन गरेको छ । आज झापाको सुरुङ्गामा भएको भेलाले उपाध्यक्षमा पार्थ मण्डल र महिला उपाध्यक्षमा सुश्मा कुमाल, सचिवमा उद्धव पुरी, सह–सचिवमा प्रकाश उप्रेती, समावेशी सह–सचिवमा सन्तोष शर्मा र कोषाध्यक्षमा पुष्प खड्कालाई चयन गरेको छ ।
२१ सदस्यीय समितिको जिल्ला सदस्यमा होमप्रकाश अधिकारी, दिलिप थापा, गोविन्द ल्वागुन, पुजन आचार्य, सविन खतिवडा, सुमित भण्डारी, केशव चापागाई, आइपी भट्टराई, अनिता विष्ट, प्रतिभा पौडेल, भोलानाथ तिम्सिना, चुडामणि तिम्सिना, शर्मिला पुरी र प्रेमयम्फु राई चयन भएका छन् ।

संगठनका जिल्ला संयोजक झुलन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रीय सम्मेलन आयोजक समितिका सदस्य विमल लामिछानेले विधान तथा आसन्न प्रदेश तथा केन्द्रीय सम्मेलनका बिषयमा जानकारी गराउनु भयो ।
संगठनका सह–संयोजक पार्थ मण्डलले स्वागत तथा सचिव उद्धव पुरीले सञ्चालन गरेको कार्यक्रममा नेकपा माओबादी केन्द्र झापा संयोजक मणिकुमार साम्पाङ (बिजय) ले परिवर्तनको पक्षमा कलम चलाउन आग्रह गर्नु भयो । साम्पाङले नेपालमा अहिले परिवर्तनको प्रमुख कारण नै माओवादी भएकाले यसको विचार र समाज परिवर्तनमा सवैले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो ।
यस्तै कार्यक्रममा संगठनका प्रदेश सम्मेलन आयोजक समितिका सदस्य डण्डीराज घिमिरे (विवेक) ले निर्वाचन मण्डलको भुमिका निर्वाह गर्दै संगठनको विकासमा सवै पत्रकारले फरक र तल्लो तहलाई समेत समेटेर आमसंचारमा देखा पर्न पत्रकारलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा प्रदेश आयोजक समितिका सदस्य तथा पत्रकार महासंघ झापा सचिव डिकेश लामा, पत्रकार महासंघ प्रदेश समिति सदस्य लीलाराज झापालीलगायतले शुभकामना मन्तब्य राखेका राखेका छन् ।
यस्तै, नयाँ समितिको आजै बसेको पहिलो बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले प्रदेश तथा केन्द्रीय प्रतिनिधि छनौट गरेको छ । संगठनको प्रदेश सम्मेलन मंसिर ७ गते बिराटनगरमा हुँदैछ । केन्द्रीय सम्मेलन मंसिर भित्र गर्ने गरी तयारी थालिएको छ ।
वैठकले प्रदेश प्रतिनिधिको रुपमा पार्थ मण्डल, पुष्प खड्का, पुकारचन्द्र राजवंशी, गोविन्द ल्वागुन, आइपी भट्टराई र भोलानाथ तिम्सिनालाई पठाउने निर्णय गरेको छ । यस्तै, केन्द्रीय प्रतिनिधिमा लीलाराज झापाली, डिकेश लामा, सुश्मा कुमाल र चिरञ्जिवी घिमिरेलाई छनौट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ४१६ संक्रमित, २७० निकाेः १ जनाकाे मृत्यु
Next post नेपालमा आज ३७७ संक्रमित, १७० निकाेः ४ जनाकाे मृत्यु