२ बर्ष पछि झापाका पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल शुरु

भारतबाट समेत पर्यटकहरू बढ्न थाले

२ मंसीर २०७८/डिकेश लामा

झापाको धार्मिक तथा पर्यटकीय क्षेत्रमा लामो कोरोना कहर पछि भारतीय पर्यटकहरु आउन थालेका छन् । निशेधाज्ञाले लामो समय ठप्प बनेका जिल्लाका पर्यटकीय क्षेत्रमा भारतले समेत पूर्वी नाका काँकडभिट्टा सीमा खुल्ला गरे पछि नेपाल घुम्न आउनेहरुको संख्या बढ्न थालेको हो । २ बर्ष देखि कोरोना कहरका कारण भारतसँग सीमा जोडिएको झापामा रहेका झण्डै १ दर्जन पर्यटकीय क्षेत्रहरु सुनसान रहेका थिए । तर चाडबाढको समयमा भारतको रानीगंज नाका बंगाल सरकारले खुल्ला गरेसँगै भारतबाट निजी सवारी साधान प्रयोग गरेर आउने पर्यटकहरु बढ्न थालेका छन् ।

लामो कोरोना कहरले प्रभावित बनेका पर्यटकीय क्षेत्रमा झण्डै २ बर्ष पछि भारतीय पर्यटकहरु घुम्न आउन थालेका छन् । भारतले पनि रानीगंज सीमा खुल्ला गरेसँगै कोरोना खोप लगाएका मानिसहरु आवातजावात गर्न पाएकाले पर्यटकहरु आउन थालेको सिमावर्ती क्षेत्रका बासिन्दाले बताएका छन् । काकाँडभिट्टा क्षेत्रबाट जिल्लामा निक्कै चहलपहल रहेको ह्याप्पील्याण्ड फन पार्क घुम्न आउनु भएकी निम्लु शेर्पाका अनुसार पछिल्लो समय खोप कार्ड हुनेलाई सहज प्रवेश दिएकाले पर्यटकहरु आउनेक्रम बढेर गएको छ । शेर्पाका अनुसार अव कोरोनाका कारण बन्द गर्नुको सट्टा खोप लगाउने कार्यालाई तिव्रता दिए भाइरस नियन्त्रणमा सहयोग पुग्ने देखिएकाले त्यस प्रति सरकारले ध्यान दिदाँ व्यवसाय क्षेत्रमा असर नपर्ने उहाँले बताउनु भयो ।

भारतबाट समेत पर्यटक आउन थालेकाले झापाका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा बाक्लै भीड देखिन थालेको छ । लामो समय बन्द हुँदा जिल्लाका झण्डै एक दर्जन हाराहारीका पर्यटकीय क्षेत्रहरु निक्कै प्रभावित बने । तर लकडाउनको सदुपयोग गर्दै पर्यटकीय क्षेत्रलाई थप सिगार्ने कार्य गरे पछि पर्यटकहरु थप बृद्धि हुन थालेको जामुनबारी सिमसार तथा पर्यटकीय क्षेत्रका अध्यक्ष ख्यामराज सिटौलाले बताउनु भयो । सिमसार क्षेत्रमा प्रदेश सरकारको विभिन्न आर्थिक बर्षमा गरी २ करोड भन्दा धेरै सहयोगमा पर्यटकीय क्षेत्रहरु लकडाउनको समयमा समेत सिंगार्ने काम भएका छन् । जसले गर्दा पछिल्लो समय पर्यटकहरुको आगमन समेत बढ्न थालेको छ ।

झपा पर्यटकीय क्षेत्रहरुमा २० देखि २५ प्रतिशत पर्यटकहरु भारतबाट आउने गरेका छन् । हालै आएर भारत तर्पmबाट समेत निजी सवारीहरु प्रवेश गर्न दिन थालेकाले उनीहरुको प्रवेश समेत बढेको ह्याप्पी ल्याण्ड पार्कका संचालक मनोज शिवाकोटीले बताउनु भयो । हालै आएर पार्कमा सदरदर दिनमा १ हजार देखि १२ सय सम्म पर्यटकको प्रवेश हुने गरेको बताउनु भयो । गत बर्ष एक सय रुपयाँमा प्रवेश शुल्क लिँदै आएको पार्कमा यस बर्ष देखि प्रति व्यक्ति प्रवेशमा २ सय रुपयाँ लिन थालिएको छ । तर पार्कमा घुम्ने र खेल खेल्ने साधानहरु समेत बृद्धि गरिएको पार्क संचालन शिवाकोटीले बताउनु भयो । पार्कमा जिप लाइन समेत संचालनमा ल्याइएको छ । जसको प्रयोग गर्न एक तर्फ ३ सय र दुवै तर्फ प्रयोग गर्दा ५ सय रुपयाँ लिने गरिएको बताइएको छ ।

दुई बर्ष लामो समय पछि पूर्वी नाका काँकडभिट्टाबाट भारतीय मानिसहरुको प्रवेश हुन थालेको छ । सीमा खुल्ला भएसँगै पर्यटन तथा व्यापर व्यवसायको कारोवार समेत केही बृद्धि हुन थालेको व्यवसायीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २९९ संक्रमित, २६० निकाेः ६ जनाकाे मृत्यु
Next post नेपालमा आज २९६ संक्रमित, ३९६ निकाेः ५ जनाकाे मृत्यु