दमकको रोयललाई हराउँदै जलथल विजयी

१२ मंंसीर २०७८/सारासन्देश समाचार
झापा जिल्लाको शिवसताक्षीमा जारी एनी फाक्तेप गोल्ड कप २०७८ को आज भएको खेलमा रोयल क्लवलाई हराउँदै जलथल फुटवल क्लव विजयी बनेको छ । शुन्यको विरुद्ध २ गोल गर्दै जलथलले विजय हात पारेको हो । खेलको २३ औं मिनेटमा विजयी टीमका श्याम मुर्मुले पहिलो गोल गरेका थिए । खेलको ५७ औं मिनेटमा पराजिट टीम रोयलका रोशन धिमाल रेड कार्ड पाएर बाहिए पछि खेल थप प्रतिस्पर्धात्मक बनेको थियो । कडा प्रतिष्पर्धाकाबीच खेलको अन्तिम थप समयको सदुपयोग गर्दै विजयी टीमका राजकुमार कन्दङ्वाले अर्को गोल थपेका थिए ।
खेलमा राजकुमार कन्दवा म्यान अफ द म्याच घोषित भएका छन् । भोली माइभ्याली फुटवल क्लव इलाम र धरान सिटी फुटवल क्वल सुनसरी बीच खेल हुने आयोजक समिति खेल संयोजक सन्तोष थेगिमले जानकारी दिनु भयो ।
ग्रामिण खेल क्षेत्रको विकास गर्ने उदेश्यले खेलाइएको खेलमा विजेताले नगद १ लाख १ हजार र उपविजेताले ५१ हजार नगद सहित ट्रफी हात पार्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १५८ संक्रमित, ३४२ निकाेः २ जनाकाे मृत्यु
Next post नेपाली काँग्रेश झापा जिल्ला सभापतिमा थेवे विजयी