तिल्केनी काँकडभिट्टा फाक्तेप गोल्ड कपको फाइनलमा
शनिवार तिल्केनी काँकडभिट्टा र धरानसीटी बीच फाइनल खेल हुने
१६ मंसीर २०७८/सारासन्देश समाचार
झापाको शिवसताक्षीमा जारी प्रथम एनी फाक्तेप गोल्डकप २०७८ अन्तर्गत आज भएको दोस्रो सेमी फाइनलको खेलमा तिल्केनी फुटवल क्लव काँकडभिट्टा फाइनलमा प्रवेश गरेको छ । जलथल फुटवल क्लवलाई १ गोलको विरुद्ध ६ गोल गर्दै भारी अन्तरमा तिल्केनीले विजय हात पारेको हो ।
काँकडभिट्टाको तर्फबाट खेलको पहिलो हाफको १५ औं मिनेटमा मिलन लिम्बुले गोलको खाता खोलेका थिए । यस्तैगरी २२ औं मिनेटमा विदेशी खेलाडी सोहवील र २५ औं मिनटेमा योगेश गुरुङले एक–एक गरे । यस्तै खेलको दोस्रो हाफको ५१ औं मिनेटमा अफ्रिकन खेलाडी अवयोमी फकुन्लेले थप एक गोल गर्न सफल भए । पुनः खेलको ६९ औं मिनेटमा मिलन राईले एक गोल गरे । निक्कै नै उत्कृष्टक खेल प्रदर्शन गरेको काँकडभिट्टाको तर्फबाट मिलन गुरुङले खेलको ७२ औं मिनेटमा पुन गोल गरेका थिए ।
यता जलथल फुटबल क्लब हल्दीबारीका तर्फबाट सरोज कार्कीले ६७ औं मिनेटमा सान्तवना गोल गर्न सफल भए । खेलको म्यान अफ द म्याच विजेता टिमका विदेशी खेलाडी अबयोमी फकुन्ले घोषित भएका छन् । उहाँलाई प्रतियोगिताको मुख्य प्रायाजक एनी ब्राण्डका प्रमख सन्तोष थोप्राले ट्रफी, मेडल र नगद प्रदान गर्नु भयो । प्रतियोगिताको फाइनल खेल शनिबार धरान सीटी फुटबल क्लब र आजको विजेता तुर्केनी फुटबल क्लब काँकडभिट्टाबीच हुने आयोजकका अनिल लिम्बुले जानकारी दिनु भयो ।