२१ मंसीर २०७८, युवराज साङपाङ– भूटानी शरणार्थी शिविरबाट अमेरिका पुगेका नेपाली भाषी भूटानीले आदिकवी भानुभक्तकाे जन्म स्थानमा विश्वकाे अग्लाे मुर्ती स्थापना गर्ने घाेषणा गरेका छन् । नेपाली चलचित्रमा भानुभक्त नामक नेपाली चलचित्रबाट आफूले डेव्यु गरेकाे भन्दै नायक दिलिप रायमाझी सहितकाे अमेरिकाबाट आएकाे एक टाेलीले भानुभक्तकाे जन्म स्थान भ्रमणकाेक्रममा भएकाे कार्यक्रममा इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको टिमले भानुभक्तकाे विश्वकाे अग्लाे शालिक निर्माण गर्ने बताएका छन् ।

नेपालको तनहुँ जिल्लाको भानुभक्त नगरपालिका पुगेर अवलोकन सहित एक अाैपचारिक कार्यक्रम बाेल्दै इन्ट्रा नेपालका अध्क्षय समेत रहनु भएका नायक रायमाझीले साे क्षेत्रमा संस्थाकाे तर्फबाट सहयाेग समेत गर्ने बताउनु भयाे ।
यस्तै कार्यक्रममा भूटानी शरणार्थी शिविर टिमाइका पूर्व अध्यक्ष समेत रहेर लामाे समय सामाजिक क्षेत्रमा काम गर्नु भइ अमेरिका पुगी इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाकाे संस्थापक अध्यक्ष बन्न सफल डिल्ली अधिकारीले नेपालमा नेपाली साहित्यमा आदिकवीकाे रूपमा परिचित भानुभक्तकाे विश्वकाे अग्लाे शालिक निर्माणमा सहयाेग गर्ने बताउनु भयाे ।

कार्यक्रममा फाउण्डेशनका पदाधिकारी सहितकाे टाेलीले नेपालकाे विभिन्न स्थानकाे भ्रमण गर्दै आएका छन् । कार्यक्रममा इन्ट्राकाे टिमलाई भानुभक्त संरक्षण समितिका सदस्यहरुले खादा तथा मालाले स्वागत गरेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *