सिंचाईले बाँझो जमिनमा ३ बाली खेतीः झापा मुख्य ७ मध्ये ४ वटा सिंचाई योजना सम्पन्न


२६ मंसीर २०७८/डिकेश लामा

बर्षौं देखि सिंचाईको अभावमा खेती गर्न समस्या भोगिरहेका दक्षिण झापाका किसानहरु सिंचाई संचालनले ३ बाली खेतीमा जुटेका छन् । विगत ४ बर्ष अघि देखि निर्माण थालेका योजनाहरु यस बर्ष सम्पन्न भएकाले अरु वेला बाँझै रहने जमिनमा किसानले धमाधम खेती थालेका छन् । पानीको अभावमा आधा समय बाँझो रहने जमिनमा सिंचाई योजना संचालनमा आए पछि बाह्रै महिना खेती गर्न थालिएको छ । दक्षिण झापाको गौरीगंज, गौरादह लगायतका क्षेत्रमा रामचन्द्रे खोलाबाट संचालन गरिएका २ वटा सिंचाई योजनाले किसानहरुलाई खेती गर्न सहज भएको छ ।

गत बर्ष १ हजार हेक्टर क्षेत्रफल सिंचित क्षेत्रकोरुपमा व्यवस्थित गरियो । यस्तै झण्डै एक सय हेक्टर क्षेत्रफल सिंचित क्षेत्र विस्तार भएको छ । संघीयता कार्यान्वयन यता शुरु भएका मुख्य ७ वटा मध्ये ४ वटा योजना सम्पन्न भईसकेको जलस्रोत तथा सिंचाई विकास डिभिजन झापाका प्रमुख कृष्णप्रसाद राजबंशीले बताउनु भयो । डोरामारी रामचन्दे्र सिचाईं योजना, गेउरियो कृषि सुधार योजना, हर्चना कृषि सिंचाई योजना, हडिया फुलबासा सिंचाई योजना सम्पन्न भएका छन् । यस्तै बाँकी ३ वटा देउनिया खोला सिंचाई योजना विर्तामोड, पालिका पूर्व सिंचाई योजना मेचीनगर, निन्दा राजपैनी सिंचाई योजनाको भने ५० देखि ७० प्रतिशत कार्य सम्पन्न भएको राजबंशीले बताउनु भयो ।

कोरोना कहरका कारण आधा बजेट कटौती हुँदा कतिपय निर्माणधीन योजनामा प्रभाव परेका छन् । निर्माणधीन योजना ढिलो हुँदा सिंचाईमा समस्या समेत भएको छ । जिल्लामा पछिल्लो समय बाँझो जमिनलाई लक्षित गरी थालिएका योजना सम्पन्न क्षेत्रमा खेती विस्तार समेत बढेको छ । सिंचाई योजना संचालनमा आउन थाले पछि आकाशे पानीको भरमा खेती गर्नु पर्ने क्षेत्रमा तीनै बाली खेती गर्न थालिएको किसानले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २५४ संक्रमित, २३४ निकाेः १ जनाकाे मृत्यु
Next post नेपालमा आज ३४१ संक्रमित, ३७६ निकाेः ३ जनाकाे मृत्यु