सरकारले तोकेको समर्थन मुल्यमा झापामा अधिकाशं किसानले धान विक्री गर्न पाएनन्

२८ मंसीर २०७८/डिकेश लामा

सरकारले न्यूनतम समर्थन मुल्यमा धान खरिद गर्ने भनिए पनि अधिकांश ग्रामीण क्षेत्रका किसानमा यो कार्याक्रम नपुग्दा समस्या भएको छ । निश्चित र सानो क्षेत्रमा मात्र यो कार्याक्रम संचालन भएकाले धेरै किसानले समर्थन मुल्यमा धान विक्री नपाएको गुनासो पोखेका छन् । बर्षे धान मात्र झण्डै ४ लाख मेट्रिक टन उत्पादन हुने झापा जिल्लामा गत बर्ष २ हजार ५ सय मेट्रिक टन अर्थात एक प्रतिशत पनि धान समर्थन मुल्यमा खरिद हुन सकेन । सरकारले समर्थन मुल्यमा धान खरिद गर्ने भनिए पनि यो कार्यक्रम सवै किसान माझ पुग्न नसकेको उनीहरुले बताएका छन् ।

धान सुपरजोन कार्यन्वयन इकाइ झापा मार्फत यस बर्ष जिल्लामा दुई वटा सहकारी संस्थाले ३ हजार २ सय ५० मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको छ । तर यो कार्याक्रम सवै तिर पुर्याउनु पर्ने धान खरिद गर्न सम्झौता गरेको महारानी झोडा साना किसान सहकारी संस्थाकी अध्यक्ष मिनाकुमारी ढकालले बताउनु भयो । यो बर्ष २ संस्थाले २ हजार ५ सय मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखे पनि गोदाम घरको अभाव धान थन्काउन र सुकाउन अझै चुनौती रहेको उहाँले बताउनु भयो । समर्थन मुल्यमा धान विक्री गर्न पाएका किसानको खातामा सहकारी संस्थाले पैसा दिने गरेको छ ।

अघिल्लो बर्ष जिल्लामा ९ वटा कृषि सहकारी संस्था मार्फत २८ हजार मेट्रिक टन धान खरिद गर्ने योजना बनाइए पनि २ हजार ५ सय मेट्रिक टन मात्र धान खरिद भयो । सो परिमाणमा धान खरिद गर्दा प्रति क्वीन्टल १ सय १२ रुपयाँको दरले खरिद वापत सरकारले सेवा शुल्क वापत झण्डै ३० लाख रुपयाँ खर्च गरेको छ । तर जिल्लामा ८७ हजार हेक्टर क्षेत्रफलमा धान खेती गर्ने किसानलाई २ स्थानमा मात्र समर्थन मुल्यमा धान विक्री गर्नु पर्दा किसानहरुले समर्थन मुल्यमा धान विक्री गर्न नसेको गौरादह नगर क्षेत्रका किसानले बताएका छन् । तथापि यो बर्ष देखि कार्याक्रम प्रभावकारी बनाउन सम्बन्धीत पालिकाको कृषि शाखा मार्फत अनुगमन गर्न समेत लगाइएको धान सुपरजोन कार्यान्वयन इकाइ झापाका प्रमुख रविन्द्र सुवेदीले बताउनु भयो ।

सरकारले यस बर्ष धानको मुल्य मोटा र मध्यम गरी प्रति क्वीन्टल २ हजार ७ सय ५२ र २ हजार ९ सय २ रुपयाँ मुल्य तोकेको छ । यो मुल्य गत बर्षको तुलनामा प्रति क्वीन्टल १७ रुपयाँ बृद्धि हो । यो बर्ष जिल्लामा झापाको गौरादहको महारानी झोडा साना किसान सहकारी संस्था र गौरीगंजको महाभारा कृषि सहकारी संस्थाले मात्र संचालन गर्ने सम्झौता गरेका छन् । यो कार्यक्रम जिल्लाको दुईवटा कृषि सहकारीमा मात्र संचालन भएकाले अधिकांश किसानले धान समर्थन मुल्यमा विक्री गर्न नपाएको उनीहरुले गुनासो पोखेका छन् । समर्थन मुल्यमा धान विक्री गर्नका लागि ठूल्ठूला गोदाम घर र ड्रायर मेशिनको समेत व्यवस्था गरेर जिल्ला व्यापी नबनाएसम्म यो कार्याक्रम नाम मात्रको हुने जिल्लाका अगुवा किसानले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २६४ संक्रमित, ३६२ निकाेः २ जनाकाे मृत्यु
Next post नेपालमा आज २८० संक्रमित, ३०० निकाेः ६ जनाकाे मृत्यु