शिव सताक्षीमा विकासको लहरः शिल्यान्यासले स्थानीयमा खुशी (फाेटाे फिचर सहित)


९ पौष २०७८/डिकेश लामा
झापाको पूर्व पश्चिम राजमार्ग भएर बर्षौं देखि घुमेर हिड्नु पर्ने बाध्यता अन्त्य हुने भन्द स्थानीय खुशी बनेका छन् । झापाको शिवसताक्षी वडा नं. १ र कमल ३ लाई जोड्न आज कमल खोलामा झोलुङ्गे पुलको शिल्यान्यास भएसँगै राजमार्ग दक्षिणी भेगका बासिन्दा खुशी बनेका हुन् ।

संघीय सरकारको ३ करोड ७ लाख बजेटमा २ सय ८० मिटर लम्बाईको झोलुङ्गे पुल सो क्षेत्रका प्रदेश सांसद झलकसिंह दर्लामीले शिल्यान्यास गर्नु भएको छ । शिल्यान्यास गर्दै सांसद दर्लामीले झोलुङ्गले पुलले दक्षिणी क्षेत्रमा बासिन्दालाई धेरै सहज हुने र समयमा बनाउँन निर्माण कम्पनिलाई निर्देशन दिनु भएको छ । पुल आगामी ढेड बर्ष भित्र सक्ने गरी काठमाण्डौंका युनिकन कन्ट्रक्सनले जिम्मा लिएर आजै देखि निर्माण शुरु गरिएको कार्याक्रमका सहजकर्ता दुर्गा नेम्बाङ्गले बताउनु भयो । कार्याक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले झोलुङ्गे पुलले कमल र सताक्षीका नागरिकलाई मात्र नभई दक्षिणी भेगबाट हिड्ने सवैलाई पुलले सहजता हुने बताउनु भयो ।

यस्तै आजै शिवसताक्षीमा निर्माणधीन स्वर्गीय नरबहादुर तारादेवी थापा स्मृति खानेपानी तथा सरसफाई आयोजनाको ओभरहेड टयाङ्कीको शिल्यान्यास गरिएको छ । सांसद दर्लामीले शिल्यान्या गर्दै खानेपानी तोकिएको समयमा समापन गरी नागरिकलाई शुद्ध खानेपानी वितरण गर्न आग्रह गर्नु भयो । उहाँले आफूले निर्वाचनमा भोट माग्दा जनता समक्ष वाचा गरेका धेरै विकासको योजना गर्न सफल भएको समेत बताउनु भयो ।
यस्तै आजै शिव सताक्षी नगरपालिकाको महत्वकाँक्षी योजनाको रुपमा हेरिएको सतासीधान देखि भारतीय सीमावर्ती क्षेत्र चउरीसम्म जोडिने सडकको कालोपत्रे गर्ने कार्यको समेत सांसद दर्लामीको उपस्थितिमा शुरु गरिएको छ । कार्याक्रममा जनप्रतिनिधि, स्थानीय तथा सामाजिक अगुवाहरुको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा खाेप अभियान तिव्र एकै दिनमा झण्डै ३ लाखले लगाए खाेप
Next post अवको पत्रकारिता र भूमिका सम्बन्धी झापामा अन्तकृया (फाेटाे फिचर सहित)