काेराेना बढ्न थालेपछि दमक प्रतिष्ठानकाे कार्यक्रम राेकियाे

२६ पाैष २०७८/सारासन्देश समाचार
नेपालमा पहिलो पटक स्थानीय सरकारले साहित्य,कला, सँस्कृति र विज्ञान प्रविधिको विकास गर्न गठित दमक प्रज्ञा प्रतिष्ठानले यही पाैष २९ गते गर्ने भनिएकाे कार्यक्रम राेकिएकाे छ । पछिल्लाे समय बढ्दै गएकाे काेराेना भाइरसका कारण सरकारले बृहत भेला गर्न राेक लगाए पछि वृहत साहित्यिक कार्यक्रमबीच गरिने पुरस्कार वितरण कार्यक्रम अर्काे सूचना नगरेसम्मका लागि स्थगित गरिएकाे साेमबाट बसेकाे प्रतिष्ठानकाे वैठकले निर्णय गरेकाे आज जारी प्रेश विज्ञप्तीमा उल्लेख्य गरिएकाे छ ।
आगामी पौष २९ गते प्रतिष्ठानको स्थापना दिवशको अवसरमा पुरस्कार वितरण गर्ने यस अघि नै निर्णय भएकाे थियाे ।

प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीको हस्ताक्षरमा जारी विज्ञप्तीमा दमक प्रज्ञा प्रतिष्ठानले वितरण गर्ने विशष्टि प्रतिभा, सँस्कृति, मातृभाषा साहित्य, कलासाधाना, विज्ञान प्रविधि र बाल प्रतिभा पुरस्कार अर्काे सू्चना जारी गरेर गरिने विज्ञप्तीमा उल्लेख्य गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सार्वजनिक स्थलमा २५ जना भन्दा धेरै भेला हुन गृह मन्त्रालयबाट राेक
Next post नेपालमा संक्रमितकाे संख्या दिनहुँ उकालाे लाग्दैः आज २४४४ जना थपिए