नेपालमा २ लाख २९ हजारले जिते काेराेना

२५ मंसीर २०७७, काठमाडौं– नेपालमा काेराेना संक्रमणबाट निकाे हुने दर बढ्दै गएकाे छ । २ लाख ४५ हजार ६ सय ५० संक्रमित पुग्दा २ लाख २९ हजार ५४ जनाले काेराेना माथि विजय प्राप्त गरेका छन्  । देशभरी सक्रिय संक्रमितको संख्या हाल १२ हजार ३ सय ८६ छ भने ५ सय १५ जना क्वारेन्टाइनमा रहेका छन् ।  पछिल्लो २४ घण्टामा १२ सय १७ जनामा कोरोना सङ्क्रमण पृष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा जम्मा ७ हजार २ सय ३२ वटा पीसीआर परीक्षण हुँदा ४४३ महिला ७सय ७४ पुरुषमा कोरोना सङ्क्रमण पृष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख २९ हजार ५४ पुगेको छ ।

२४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ६ सय ६३ पुगेको छ । हाल आईसीयुमा ३ सय ९ जना र भेन्टिलेटरमा ५७ जना उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १४८३ जना निकाे १०५६ संक्रमित
Next post मानव अधिकार रक्षा गर्न भूटानी शरणार्थीको राष्ट्र संघलाई अपील