सम्पादक लामा सहित कृषि क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई सम्मान (फाेटाे फिचर सहित)

पुनः ढकालको अध्यक्षतामा १२ सदस्यीय संचालक समिति गठन
२९ पौष २०७८/ बालदिवश तामाङ
नेपालमै नमूनाको रुपमा परिचित महिलाहरुले मात्र संचालन गरेको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले उत्कृष्ट किसानलाई पुरस्कार प्रदान गरेको छ । नमूना खेती संचालन गर्दै आएको सहकारीले खेतीमा उत्कृष्ट किसान सहित कृषि तथा सहकारी पत्रकारिता पुरस्कारबाट यस सारा सन्देश अनलाइन समाचारका सम्पादक पत्रकार डिकेश लामालाई सम्मान गरिएको छ । पूर्व श्रम तथा यातायत मन्त्री कमल चौलागाईंले लामा सहित दर्जन बढी विभिन्न विधामा सफलता प्राप्त गर्ने किसानलाई पुरस्कार तथा सम्मान गरिएको हाे । कार्याक्रममा प्रमुख अतिथि रहनु भएका चौलागाईंले देशमा नमूनाको रुपमा काम गर्दै आएको महारानीझोडा कृषि सहकारी संस्थाले ग्रामिण क्षेत्रका किसानको हितमा ठूलो काम गरेको बताउनु भयो ।

२ हजार ९५ जना महिलामात्र सदस्य रहेको साना किसान कृषि सहकारीकी अध्यक्ष मिनाकुमारी ढकालको सभापतित्वमा भएको २९ औं बार्षिक साधारणसभा कार्याक्रममा गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार शाह, झापा जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका संचालक गणेश ढकाल लगायतले कृषि सहकारीले पछिल्लो समय किसानको विकासमा जोड दिन थालेको बताएका छन् ।
कार्याक्रममा अध्यक्ष ढकालले सहकारीले गरेका कार्याक्रमको नमूना र किसानमुखी चाक्लाबन्दी तथा सहकारी खेती, सामुदायिक विऊ प्रशोधन तथा भण्डारण, सहकारी पसल, दुग्ध संकलन, पशुधन सुरक्षण, राहत कोष वितरण, साना किसान अनुसरण, सुत्केरी पोषण, साइलेज उत्पादन, किसानको बजार, पशुबीमा लगायतको कार्याक्रमले किसानको जिवनस्तरमा राम्रो प्रभाव परेको बताउनु भएको छ । संस्थाले असार मसान्तसम्मको कुल पूँजी तथा दायित्व रकम अघिल्लो बर्षको तुलनामा ११ करोड धेरै ५५ करोड ६१ लाख ८० हजार ५ सय ७८ रुपयाँ रहेको प्रवन्धक चिरन्जीवि भण्डारीले जानकारी दिनु भयो ।

कार्याक्रम जेष्ठ सदस्य, उत्कृष्ट किसान, शैक्षिक पुरस्कार लगायतका दर्जन बढी विधामा पुरस्कार र सम्मान वितरण गरिएको छ । कृषि सहकारी संस्थाका जिल्ला तथा प्रदेशका अगुवा नेतृत्वको समेत उपस्थिति रहेको थियो । कार्याक्रममा पशु मरेका किसानलाई बीमा वापत रकम भूक्तानी समेत गरिएको छ ।

यस्तै सहकारी बन्दसत्रले पुनः मिनाकुमारी ढकालकै अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । यस्तै उपाध्यक्षमा गोमादेवी विष्ट सुवेदी, सदस्यहरु भगिरथा भूजेल, लक्षिमादेवी चिमरिया, ओमकुमारी ढकाल, राधिका राई, भिमादेवी श्रेष्ठ, तुलसा निरौला, सुनिता ओझा, सुगना काफ्ले खत्री, भगवती थापा, शान्ता देवी पौडेल रहेका छन् ।
यस्तै लेखा समितिको संयोजकमा रिता पौडेल खरेल, सदस्य निर्मला बाँस्कोटा घिमिरे, विष्णुमाया काफले सर्वसम्मतिबाट चयन हुनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज एकैदिन ३५५३ जनामा संक्रमण, २७१ निकाे
Next post नेपालमा अाज एक दिन ५०८७ नयाँ संक्रमित थपिए