२ फाल्गुन २०७८,काठमाडौं– नेपालमा पछिल्लाे समय नयाँ संक्रमित हुनेकाे संख्या घट्न थालेकाे छ । गत २४ घण्टामा ७ सय ४७ जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ९६ जनामा गरिएको नमूना परीक्षणमा ७ सय ४७ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा २ हजार ३ सय १९ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा हालसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या २० हजार ७ सय ३९ जनामा झरेकाे छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *