सँस्कृति संरक्षणमा सन्थाल: तीन जिल्लाबाट सामूहिक पुजा झापामा
७ फाल्गुन २०७८ डिकेश लामा पूर्वी नेपालमा मात्र बसोवास गर्ने सन्थाल जातिले यस बर्षको विदु पर्व झापा गाउँपालिकामा मनाएका छन् । लामो कोरोना कहर रोकिँदै आएको पर्व झापा, मोरङ र सुनसरी जिल्लाका सन्थालहरुले सामुहिकरुपमा मनाएका हुन् ।
यस बर्ष ३ जिल्लाका सन्थालले विदु चन्दन पूजा झापामा सामुहिकरुपमा मनाएका छन् । ज्ञान अर्थात शिक्षाका ज्योतिको रुपमा मान्दै आएोले यसको पूजाआजा गरेर सँस्कृति विकास र एकताका लागि कार्याक्रम गरिएको माझी थानका केन्द्रिय अध्यक्ष बुद्धिलाल सोरेनले बताउनु भयो । विदु चन्दन पुजा मानवतालाइ अनुशासित बनाउने र एक सुत्रमा बध्ने चाडकाे रूपमा लिने उहाँले बताउनु भयाे ।
खासगरी मोरङ्ग, सुनसरी र झापाका सन्थालहरुले एक स्थानमा भेला भएर नदि तथा खोलाको पानी ल्याई थानमा चढाएर रातभर जाग्राम बस्ने चलन छ । माघी पूर्णिमाको अवसरमा दुई दिनसम्म मनाइने यस पर्व हरेक बर्ष फरक फरक स्थानमा मनाउँदै आउने गरिएको मदरगाछ माझी थानका अध्यक्ष दलकुमार हेमरमले बताउनु भयो ।
यस्तै गौरीगंज गाउँपालिका भारतीय सिमावर्ती क्षेत्रका ऋषीदेवहरुले बर्षेनी दिनभद्री पूजा गर्ने गरेका छन् । भाकल गरेका कुरा पुरा हुने विश्वासमा मुर्ति बनाएर सामुहिक पूजा गर्ने चलन रहेको सो समूदायका अगुवा दिनेश ऋषिदेवले बताउनु भयो ।
आफ्नै भाषा, सँस्कार सँस्कृति भएका ५० हजार हाराहारी जनसंख्या रहेको सन्थाल जातिले आफ्नो सँस्कृतिहरु भुल्दै गएका छन् । संघीयता कार्यान्वयनसँगै सँस्कृतिको संरक्षणमा जुटेका संथालले राज्यबाट समेत चासो दिनु पर्ने बताएका छन् ।