चुनाव चिन्हकाे माग गर्दै एम. एन. ओ. ले निर्वाचन कार्यालयमा बुझायो ज्ञापनपत्र

 ८ फाल्गुण, २०७८ झापा– मंगोल नेशनल अर्गनाइजेशन पार्टीले आसन्न स्थानीय तहको निर्वाचनमा आफ्नो चुनाव चिन्न लिइ भाग लिन पाउनुपर्ने माग गरेकाे छ । जिल्लासभा झापाको आयोजनामा चन्द्रगढी स्थित रहेको जिल्ला निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै चुनाव चिन्ह लिन पाउनु पर्ने माग गरेका हुन् । र्याली सहित निर्वाचन कार्यालयमा पुगेकाे भेलाले जिल्ला प्रशासन कार्यलयको परिक्रमा गर्दै निर्वाचन आयोग अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । उक्त कोणसभालाई संगठनका केन्द्रीय सर्वोच्च सभा सदस्य श्याम लिम्बूले सम्बोधन गर्दै मंगोल नेशनल अर्गनाइजेशनले निरन्तर लोकतन्त्र,धर्मनिरपेक्ष र प्रान्तीयतालाई संरक्षण गर्दै ८० प्रतिशत मुलबासी मंगोलको अस्तित्व र अधिकारको निम्ति लड्दै सम्पुर्ण जनताको हितमा काम गर्दै आएकोले आम जनताले आफुले रोजेर चुनाव चिन्हमा भोट हाल्न पाउने लोकतान्त्रिक अधिकारलाई निर्वाचन आयोगले कुन्ठित पार्न खोज्नु नहुने बताउनु भयो ।

कोणसभा जिल्ला अध्यक्ष बानिरा मेचेले उपस्थित सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई, प्रशासन र पत्रकारहरुलाई धन्यवाद ज्ञापन गर्दै विसर्जन गर्नुभएको थियो । ज्ञापन पत्रमा थ्रेसहाेल्ड लागु गरी स्थानी चुनावमा यस अघि भाग लिन नपाएकाे उल्लेख्य गरिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपाल आज २६२ संक्रमित, १३३८ निकाेः ४ जनाकाे मृत्यु
Next post यान्त्रिकरणले सुपारी खेतीमा आकार्षण बढ्दैः यस बर्ष ८० लाख अनुदानकाे कार्यक्रम