नेपालमा आज ३१८ संक्रमित,५६२ निकाेः १ जनाकाे मृत्यु

१२ फाल्गुन २०७८,काठमाडौं– नेपालमा केही दिन यता संक्रमणकाे संख्या घट्न थालेकाे छ । नेपालमा गत २४ घण्टामा ३ सय १८ जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७ सय ४३ जनामा गरिएको नमूना परीक्षणमा ३ सय १८ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा  ५ सय ६२ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा १ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा हालसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ३१ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ७८ जनामा झरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post धान खेत मासेर मरिच खेतीमा बुद्धशान्तिका किसानको आकार्षण (फाेटाे फिचर सहित)
Next post दमकका प्रथम जाति धिमाललाई बंगुर वितरण