दमककाे १० औं नगरसभा शुरूः स्वास्थ्य देखि वातावरण संरक्षणमा जाेड दिन सुझाव

१३ फाल्गुण २०७८, झापा–दमक नगरपापिलकाको १० औं नगरसभाको शुक्रबार पुरक बजेट संशाेधन सहित २ वटा विधेयक टेवल गर्दै सुभारम्भ भएको छ । सभामा स्वास्थ्य देखि वातावरण संरक्षण, पटके कर लगायतका विषयमा संशाेधन र कार्यन्वयन चरणमा जान नगरसभा सदस्यहरूले जाेड दिएका छन् ।

सभामा दमक नगरपालिका वडा नं ७ का वडा सदस्य धनेस्वर कार्कीले दमक अस्पतालको सेवाका बारेमा प्रश्न गर्नु भयो । पछिल्लो समय दमक अस्पतालमा सेवाग्राहिको भीड बढेको र सेवाग्राहिले सहजरुपमा सेवा पाउन नसकिरहेको गुनासो बढेकोले त्यसलाई व्यवस्थापन गर्न सुझाव दिनु भयो । यसकालागि दमकमा नै केपी ओली मेडिकल कलेज निर्माण गर्न पनि उहाँले प्रस्ताव अघि सार्नु भएको छ । यस्तै वडा नं ५ की वडासदस्य कृतिका भट्टराईले दिपिनी खोला व्यवस्थापनमा देखिएको उदासिनताको विषयलाई उठान गर्नु भएको थियो । वडा नं ९ का वडा सदस्य नरेश सुनुवारले चिया बगानमा काम गर्ने मजदुरको समस्याको बारेमा आफ्ना कुरा राख्नु भएको छ । सुझाव राख्ने क्रममा वढा नं ७ का वडा सदस्य कमल उदासले पटके कर खारेज गर्न प्रस्ताव गर्नु भएकाे छ ।

प्राप्त सुझावका आधारमा नगरससभा अध्यक्ष तथा नगर प्रमुख रोमनाथ ओलीले सदस्यहरुबाट प्राप्त भएको सुझावलाई सम्वोधन गर्नु भएको छ। अधिकांस सुझावलाई नगरको नीति तथा कार्यक्रममा समावेश गरिएको र छुटेकाहरुलाई क्रमगत रुपमा अघि बढाउने उहाँले बताउनु भयाे ।

सभामा नगरकी उप प्रमुख गीता अधिकारीले आर्थीक वर्ष २०७८/७९ का लागि संसोधित पुरक बजेट पेष गर्नु भयो । यस अघि पेष भएको बजेटमा केन्द्र र प्रदेश सरकारले दिने अनुदानको रकम बढेकोले संसोधित पुरक बजेटको आकार बढेको उहाँले बताउनु भयो । आर्थीक वर्ष २०७८/७९ को कुल बजेट १ अर्व ३८ करोड ४५ लाख ९९ हजारबाट बढेर १ अर्व ६२ करोड ६५ लाख ६५ हजार कायम भएको उहाँले जानकारी दिनुभयो ।

१० औ नगरसभामा स्थानीय उद्योग प्रर्वधन विधयेक २०७८ र बस्ती विकास तथा जग्गा एकिकरण विधयेक २०७८ पेष भएको थियो । न्यायीक समिती, अनुगमन समिती, लेखा समिती, विधायन समिती र वेरुजु फर्छौट समिती, पूर्वाधार समिती , आर्थीक समिती र बजार अनुगमन समितीका प्रतिवेदनपनि सार्वजनिक गरिएको थियो ।

विधयेक र संसोधित पुरक बजेट अध्ययन गरेर फागनु १८ गते भित्रमा लिखित सुझाव राख्न नगरसभासदस्यहरुलाई समयसिमा तोकीएको छ । सुझावका आधारमा शुक्रबार पेष भएका विधयेक र पुरक बजेट फागुन २५ गते पारित गरिने प्रमुख प्रशाषकिय अधिकृत गणेश कुमार तिम्सिनाले जानकारी दिनुभयो । दमक नगरपालकाको नव निर्मित सभाहलमा सुरु भएको नगरसभा आगामी २५ गते समापन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकका प्रथम जाति धिमाललाई बंगुर वितरण
Next post नेपालमा आज २७५ संक्रमित,५५५ निकाेः १ जनाकाे मृत्यु