नेपालमा कोरोना लाग्ने भन्दा निको हुने धेरै

त्रसिद हाैइन, सचेत बनाैं

३ अशाेज २०७७, झापा

कोरोना संक्रमणबाट नेपालमा आज एकै दिन एक हजार ४ सय ४७ जना डिस्चार्ज भएका छन् । हालसम्म ४५ हजार २ सय ८७ जना हालसम्म निको भएका छन् । दैनिक निको हुनेको संख्या बढे सँगै नेपालमा अव १७ हजार ५ सय १० जना मात्र कोरोना संक्रमितहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिने दैनिक संचार जानकारी विवरणमा बताइएको छ ।
यस्तै २४ घण्टामा आज ११ जनाको मृत्यु भएसँगै कोरोनाका लागेर ४ सय १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरै जसो अन्य रोगबाट समेत ग्रसित भएका र उमेर उच्च रहेका छन् । नेपालमा निको हुनेको संख्या प्रतिशतमा तुलना गर्दा ७२ प्रतिशत हुन आउने मन्त्रालयले उल्लेख गरेको छ ।
यसैबीच असोज १ गते देखि यातायत समेत खुल्ला गरे पछि बजार समेत खुलेका छन् । बजारमा मानिसहरुको दैनिकी सामान्य बन्दै गएको स्थानीय तहहरुले जानकारी दिएका छन् । कोरोना भाइरसबाट नागरिकहरु पहिले जस्तो त्रसित हुन छाडेको व्यवसायीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post स्वर्ण पदक खेलाडीलाई सम्मान
Next post नेपालमा मंगलबार २ जनाकाे मात्र मृत्युः निकाे हुनेकाे संख्या बढ्दाे