नेपालमा तेस्राे भेरियन्ट घट्दै आज ६८ जना मात्र संक्रमित

२२ फाल्गुन २०७८,काठमाडौं–  नेपालमा आज पहिलाे पटक काेराेा संक्रमितकाे संख्या हिजाे देखि दाेहाेराे अंकमा झरेकाे छ ।  गत २४ घण्टामा ६८ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९ सय २९ जनामा गरिएको नमूना परीक्षणमा ६८ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा  ५ सय  ३८ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणका काराण २ जनाकाे ज्यान गएकाे छ । हालसम्म काेराेनाका कारण नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ४७ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ४ सय ६१ जनामा झरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दिगो आर्थिक विकासका लागि कृषिको विकास जोड दिनु पर्नेः मन्त्री दर्लामी
Next post आर्मी र न्यूडायमण्ड फाइनलमा प्रवेशः आँखै अगाडी राष्ट्रिय स्तरको महिला भलिवल खेल निशुल्क हेर्न पाउँदा दमकबासी खुशी (फाेटाे फिचर सहित)