न्यू डायमण्डले जित्यो दमक कप राष्ट्रिय महिला प्रतियोगिता २०७८ (फाेटाे फिचर तथा ड्राेनबाट खिचेकाे भिडियाे सहित)

२४ फाल्गुण २०७८/डिकेश लामा
झापाको दमकमा जारी प्रथप दमक कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०७८ को फाइनल खेल काठमाण्डौंको ह्वाङवाङजी न्यू डायमण्ड स्पोर्टस क्लवले जितेको छ । विभागीय टोली त्रिभूवन आर्मीलाई वेष्ट अफ फाइफमा पराजित गर्दै डायमण्डले जित आफ्नो पक्षमा पारेको हो ।
यस्तै तेस्रो स्थानका लागि विभागीय टोली नेपाल प्रहरीले शसस्त्र प्रहरीलाई हराएको छ । एक ३ सेटको अन्तरमा प्रहरीले विजय हासिल गरेको हो । खेलमा प्रथम हुनेले नगद २ लाख, दोस्रोले नगद १ लाख, तेस्रो स्थानले ५० हजार र सान्तवना हुनेले २५ हजार नगद पाएका छन् । विजयी टीमहरुलाई प्रदेश नम्बर एकका सांसद तथा पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री कार्यक्रमका प्रमुख अतिथि हिक्मत कुमार कार्की, नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी लगायतले पुरस्कार प्रदान गर्नु भएको छ ।


प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी त्रिभूवन आर्मीकी संगम महत्तो घोषित हुनु भएको छ । यस्तै विजयी न्यूडायमण्डबाट उत्कृष्ट लिफ्टर, सर्भर, लिविरो र व्लकरमा क्रमशः प्रगती नाथ, प्रतिमा माली, सलिना श्रेष्ठ र बाल्मिका आचार्य घोषित भएका छन् । यस्तै उत्कृष्ट स्पाइकरमा नेपाल प्रहरीकी कामना विष्ट र कोचमा डायमण्डका कुमार राई घोषित भई नगद ५ र १० हजार सहति ट्रफी प्राप्त गरेका छन् ।


११२ औं अन्तराष्ट्रिय महिला दिवशको अवसर पारेर दमक नगरपालिका खेलकुद समितिको आयोजनामा महिला सशक्तीकरणका लागि स्थानीय तहले गरेको राष्ट्रिय महिला भलिवल प्रतियोगिता पहिलो पटक भएको झापा जिल्ला भलिवल संघका अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताउनु भयो । राष्ट्रिय स्तरको भलिवल सम्पन्न गर्न नगरपालिकाले ८ लाख दिएको छ । यस्तै केही दाताहरुले ५ हजार देखि १ लाखसम्म नगद सहयोग गरेका छन् ।


दमक भलिवल विकास समितिका सल्लाहकार संयोजक जयकुमार श्रेष्ठबाट २ लाख, गजेन्द्र देवान १ लाख, विवेक श्रेष्ठ र विशाल शिवाकोटीबाट १ लाख लगायत धेरै सहयोगी दाताहरुले ५ हजार देखि २५ हजारसम्म नगद सहयोग गरेका छन् । खेल सम्पन्न हुन करिव १६ लाख जति खर्च भएको दमक भलिवल विकास समितिका सचीव राजु श्रेष्ठले बताउनु भयो ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post काेराेना संक्रमण दिनहुँ घट्दैःआज ८८ जना मात्र संक्रमित,३७६ निकाे, १ जनाकाे मृत्यु
Next post झापा गाेल्डकप पाँचाै संस्करणः संकटा सेमिफाइनलमा प्रवेश (फाेटाे फिचर सहित)