झापाको नमूना एकिकृत खेतीमा किसानसँग खेतबारीमा वैज्ञानिककाे टाेली (फाेटाे फिचर सहित)

४ चैत्र २०७८/डिकेश लामा

हाइव्रिड मकैको विऊ उत्पादनलाई जोड दिन झापामा वैज्ञानिक सहितका उच्च टोलीले किसानलाई खेतबारीमै गएर सिकाएका छन् । लामो समय उन्नत विऊ उत्पादनमा कार्य गर्दै आएका बाली वैज्ञानिकले हाइव्रिड मकैको विऊ खेती गर्नु पर्ने कला र शीप समेत दिएका छन्  । झापाको गौरादह नगरपालिका वडा नं. ५ मा १० हेक्टर क्षेत्रमा हाइव्रिड मकैको विऊ खेती गरिएको छ । यस अघि २० हेक्टरमा खेती गरिएको थियो । तर खेतीले उल्लेख्य सफलता लिन नसके पछि खेतीका विज्ञको टोलीले खेतीमै आएर किसानलाई आवश्यक ज्ञान दिएका छन् । केही बर्ष देखि खेती गर्दै आएका किसानले खासै सफलता पाउन नसकिरहेको अवस्थामा यस बर्ष वैज्ञानिक सहितको उच्च टोलीले खेतबारीमै आएर खेती गर्ने तरिका सिकाउँदै हाइव्रिडमा जोड दिन थालिएको नेपाल कृषि अनुसन्धान परिषदको बाली तथा बागवानी निर्देशक केशवबाबु कोइरालाले बताउनु भयो । निर्देशक कोइरालाले नेपालमा ठूलो परिमाणमा मकै विदेशबाट मकै आयात हुने भएकाले अव आयात प्रतिस्धापनका लागि हाइव्रिड खेती गर्नु पर्ने बताउनु भयो ।

दक्षिण एशियाली मुलुकमा मकै बालीसम्बन्धी अध्ययन अनुसन्धान गर्दै आएको अन्तराष्ट्रिय संस्था सिमिटका मकैबाली बैज्ञानिक पीएच जैदी सहितको उच्च टोलीले पूर्वी नेपालमा ठूलो क्षेत्रमा हाइव्रिड मकैको विऊ खेती गर्ने किसानको खेतबारीमा पुगेका छन् । जैदीले खेतबारीमै किसानलाई खेती कलाबारे जानकारी समेत दिनु भएको छ । कैदीले हाइव्रिड मकैको अनुसन्धानमा सन् २००९ मा पुरस्कार समेत पाउनु भएको छ । उहाँले गौरादह नमूना एकिकृत खेतीका किसानलको हाइव्रिड खेतीमा रहेको उत्साह राम्रो रहेको बताउनु भयो । तर चिन लगायतका मुलुकमा जस्तो उन्नत तरिकाले खेती गर्न नसकेकाले अव मकैको प्रति बोटको आम्दानीलाई हेरेर खेती गर्नु पर्ने बताउनु भयो । जैदीले एउटा हाइव्रिड मकैको विऊको घोगाबाट २ सय रुपयाँ भन्दा धेरे आम्दानी गर्न सकिने भएकाले जमिनको सदुपयोगलाई उच्च तरिकाले गर्ने हिसावबाट भाले र पोथी मकैको गर्भाधारणका लागि अघि पछिको समय मिल्ने हिसावमा दुई चरणमा भाले मकैको छुट्टै खेती गर्न समेत सुझाव दिनु भएको छ ।

नेपालमा अझै पनि दाना र विऊका लागि ७० प्रतिशत अरवौं मुल्यको मकै विदेशबाट आयत हुने गरेको छ । मकैको आयातलाई प्रतिस्थापन गर्न पछिल्लो समय राज्यले हाइव्रिडमा जोड दिन थालेको राष्ट्रिय मकैबाली कार्याक्रम संयोजक वरिष्ठ वैज्ञानिक चित्रबहादुर कुँवरले बताउनु भयो । कुँवरले नेपालमा १० प्रकारको हाइव्रिड विऊ उत्पादन भएको छ । यस बर्ष मात्रै रामपुर १२ र १६ समेत सूचिकृत हुनेछ । तर अझै भारतबाट भने ढेड सय प्रजाति भन्दा धेरै खाले हाइव्रिड मकैको विऊ नेपाल भित्रने गरेको छ । जसका कारण कुनै वेला मकैको घोगामा दाना नलाग्ने समस्या आउने गरेकाले सवै किसानलाई नेपालमै उत्पादन भएको हाइव्रिड विऊको खेती गर्न उहाँले आग्रह समेत गर्नु भयो । खेतीमा स्थानीय अगुवा कमल निरौलाले सहजीकरण गर्नु भयो । यस्ता उच्च स्तरका कृषि वैज्ञानिकको भ्रमणले पूवी नेपालमा नमूना खेती गर्ने भनेर देशमै परिचय बनाउँदै आएको एकिकृत खेतीको विकासमा थप टेवा पुग्ने खेतीका अध्यक्ष वेदनिधि चापागाईंले बताउनु भयो ।

कार्याक्रममा गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार शाहले वैज्ञानिकहरुलाई धन्यवाद दिँदै उहाँले आफ्नो नगरका किसानलाई दिएको ज्ञानको विकास थप सहयोग गर्ने बताउनु भयो । विगत केही बर्ष देखि नेपालमा हाइव्रिड मकैको विऊ किसान आफैले उत्पादन गर्नेक्रम बढेर गएको छ । सरकारले १० प्रजातिका विऊ उत्पादन गर्न सफल भईरहेको वेला अधिक किसान माझ हाइव्रिड विऊ उत्पादनलाई जोड दिन सके विदेशी आयातलाई प्रतिस्थापन गर्न सकिने कृषि वैज्ञानिकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ५१ संक्रमित, ३९२ निकाे
Next post नेपालमा आज १७ संक्रमित, ४०९ निकाे