नेपाल बुद्धिजीवि परिषद झापाको नयाँ समिति गठन
५ चैत्र २०७८/झापा
नेपाल बुद्धिजीवि परिषद झापाको दशौं अधिवेशनले गजेन्द्र आचार्यको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गीता कुँवर, सचीवमा डा. राजेन्द्र अधिकारी, सहसचीवमा तुलसीप्रसाद निरौला, कोषाध्यक्षमा कमला उप्रेती चयन भएका छन् । यस्तै सदस्यहरुमा लिलाप्रसाद अधिकारी (पदेन सदस्य), ईन्द्र प्रसाईं, उमानाथ अधिकारी, मानबहादुर घिमिरे, कविता पौडेल, दिपक निरौला, तारादेवी बाराकोटी, कर्णबहादुर डाँगी र प्रेमराज घिमिरे छनौट भएका छन् ।
लिलाप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्याक्रममा नेपाल बुद्धिजीवि परिषद केन्द्रिय सदस्य कमल वस्तीको प्रमुख आथित्यमा भएको छ । कार्याक्रममा दुर्गा काफ्ले, उत्तम भट्टराई, चित्रबहादुर श्रेष्ठ, कमल गुरागाँई, दिपक कार्की लगायतले शुभकामना मन्तव्य राखेको कार्याक्रम संचालक जिवन गुरुङ्गले जानकारी दिनु भयो ।