झापामा पहिलाे पटक कमलले प्राङगरिक मल उत्पादन गर्दै गर्याे सार्वजनिक (फाेटाे फिचर सहित)

१४ चैत्र २०७८/डिकेश लामा
झापाको कमल गाउँपालिकाले आफैले निर्माण गरेको प्राङगरिक मल आज एक कार्याक्रमबीच सार्वजनिक गरेको छ । बर्षेनी मलको अभावले खेतीमा समस्या भोग्दै गएका किसानलाई प्राङगरिक खेतीमा उन्मुख गर्न कमल युरिया, कमल पाङगरिक र कमल झोल मल सार्वजनिक गरेको छ ।
विषादी सप्ताहको समापन कार्याक्रममा गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले र उपाध्यक्ष वेणु शिवाकोटीले मल सार्वजनिकसँगै किसानलाई वितरण समेत गरेका छन् । यस्तै कार्यक्रममा विषादीको प्रयोगविना उत्कृष्ट प्राङगरिक खेती गर्ने ढेड दर्जन किसानलाई सम्मान पत्र, कृषि औजार र दोसल्लाले सम्मान गरिएको कार्याक्रम संचालक पालिकाका कृषि शाखा प्रमुख महेन्द्र बोहोराले बताउनु भयो ।

कार्याक्रममा कमलले उत्पादन गरेको मलको खाद्य तत्व राम्रो रहेको समेत कृषि निर्देशनालय तरहराका कृषि प्राविधिक सुरेन्द्र यादवले बताउनु भयो । यादवका अनुसार कृषिमा कुनै पनि परिक्षण पुरा गर्न ३ बर्ष लाग्ने र यस बर्ष कमलको मलको प्रयोगशालामा हेर्दा खाद्य तत्व राम्रो रहेको बताउनु भयो ।
कार्याक्रममा उपाध्यक्ष शिवाकोटीले कमल गाउँपालिकाले झापा जिल्लामै कृषिमा अन्य पालिकाको तुलनामा धेरै फड्को मारेको बताउनु भयो । उहाँले कृषि औजार देखि अन्य खेतीमा समेत पालिकाले सहयोग गर्दै आएको बताउनु भयो ।


यस्तै कार्याक्रमका प्रमुख अतिथि समेत रहनु भएकी पालिका अध्यक्ष काफ्लले विषादीका कारण मानिसमा नसर्ने र डर लाग्दा रोग लाग्नेक्रम नरोकिएकाले पालिकाभित्र सवैले अर्गानिकउन्मुख खेती प्रणालीमा लाग्नु पर्ने बताउनु भयो ।
कमल गाउँपालिकाले प्राङगरिक खेतीलाई बढुवा दिन बर्षेनी २ करोड रुपयाँ कृषि कोष संचालन गरी किसानलाई प्रवर्धन गर्दै आएको छ । यस्तै मल उत्पादनमा १० देखि २० लाख रुपयाँ बजेट खर्च गर्दै आएको पालिकाले जानकारी दिएको छ । कार्याक्रममा विषादी न्यूनिकरण सम्बन्धी गीत गायन प्रतियोगिता समेत प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमक गोल्ड कप पाँचाै खेलः पुलिस सेमिफाइनलमा (फाेटाे फिचर सहित)
Next post नेपालमा आज ४२ संक्रमित, ८६ निकाे