दमक गाेल्ड कपः माने भञ्ज्याङलाई हराउँदै मनाङ मस्र्याङ्दी फाइनलमा (फाेटाे र भिडियाे सहित)

१५ चैत्र २०७८/डिकेश लामा
मनाङ मस्र्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा आज भएको पहिलो सेमिफाइन खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई १–० को गोल अन्तरले हराउँदै मनाङ फाइनल प्रवेश गरेको हो । मनाङको जितका लागि अफिज ओलावलेले एक गोल गरे । उनले खेलको २९ औँ मिनेटमा गोल गरेका थिए । ओलावलेले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।


आजको खेलको म्यान अफ दि म्याच अफिज ओलावले भएका छन् । उनले नगद दश हजार पुरस्कार पाए । म्यान अफ द म्याजको प्रायोजन इर्क स्पोर्टस् वेर दमकले गरेको हो ।
दमक नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भएको खेलमा भोलि गोर्खा ब्वाइज रुपन्देही र डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबबीच हुने दोस्रो सेमी फाइनलको खेल हुनेछ ।

प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइनेछ । यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भिम चौंलागाईंले बताउनु भयो ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ४२ संक्रमित, ८६ निकाे
Next post नेपालमा आज २६ संक्रमित, ७७ निकाे