प्रदेश १ का मुख्यमन्त्री राई विरुद्द अविश्वास प्रस्ताव दर्ता

१२ पाैष २०७७, विराटनगर- पद्रेश नम्बर एकका मुख्य मन्त्री शेरधन राई सहितकाे अाेली निकट मन्त्रिलाइ हटाउने खेल शुरू भएकाे छ । नेकपा प्रचण्ड-माधव नेपाल समूहले प्रदेश नं. १ को प्रदेश सभामा मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।

संसदीय दलका ३७ जना बहुमत सदस्यको हस्ताक्षरसहित निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो प्रस्तावक रहेको अविश्वास प्रस्ताव दर्ता गराइएको हो ।

उहाँहरुले प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीलाई अविश्वास प्रस्ताव बुझाउनुभएको हो ।

बहुमत सदस्य आफ्ना पक्षमा रहेकाले वर्तमान सरकार अल्पमतमा परेको र संसदीय दलको नेताका रुपमा भीम आचार्यलाई चयन गरिएको समेत अविश्वासको प्रस्तावसँगै उल्लेख छ ।

अविश्वास प्रस्ताव दर्तापछि प्रदेश सांसद इन्द्र आङ्बोले संघीय सरकारले गरेको निर्णयलाई हेर्ने दृष्टिकोण नै फरक रहेकाले नेकपा ओली समूहसँग प्रदेश सरकार गठनमा सहकार्य नहुने जानकारी दिनुभयो । उहाँलाइ हिजाे मात्र मुख्य मन्त्री राईले आफू विरूद्ध लागेकाे भन्दै हटाइएकाे थियाे ।

यसैगरी सांसदहरुको टोलीले प्रदेश सभामुख प्रदीप भण्डारीलाई पनि हस्ताक्षर सहितको अविश्वास प्रस्ताव हस्तान्तरण गर्दै छिटो भन्दा छिटो प्रक्रियामा लगेर राजनैतिक गतिरोध अन्त्य गरिदिन आग्रह गरेका छन् ।

मुख्यमन्त्री शेरधन राई नेतृत्वको प्रदेश सरकार २०७४ फागुन ३ गते गठन भएको थियो ।

यसैबीच प्रदेश सरकारले २०७७ माघ ७ गते अपरान्ह २ बजे प्रदेश सभाको अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखमा सिफारिश गरेकेा छ ।

९३ सदस्यीय प्रदेश सभामा नेकपाको ६७ जना सांसदहरु रहेका छन् भने नेपाली कांग्रेसको २१, संघीय समाजवादी पार्टी ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको १/१ जना सांसद रहेका छन् । याे प्रदेशमा नेकपा प्रचण्ड–नेपाल पक्षका सांसद बहुमतमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा २४ घण्टामा ८४० निकाे ५०० संक्रमित
Next post कोभिडविरूद्ध प्रभावकारी हुनसक्ने नयाँ औषधिको बेलायतमा परीक्षण गरिँदै