आज देखि बढ्याे भाडा दर (कहाँ कति सूची सहित)
२० चैत्र २०७८,काठमाडौँ – आइतबारदेखि सार्वजनिक तथा मालबाहक सवारीसाधनको भाडा बढेको छ । यातायात व्यवस्था विभागले आइतबार नै भाडादरको सूची सार्वजनिक गरेको छ । जसअनुसार एक प्रदेशबाट अर्कोमा सञ्चालन हुने सार्वजनिक यात्रुबाहक सवारीसाधनको भाडादर १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारीसाधनको भाडादर १३ प्रतिशतले बृद्धि भएकाे छ । यस्तै तराईमा सञ्चालन हुने मालबाहक सवारीको भाडादर १५ प्रतिशतले बढेको छ । विभागका महानिर्देशक नमराज घिमिरेले नयाँ भाडादर आइतबारबाटै लागू भएको बताउनु भएकाे छ । यसैगरी अब इन्धनको मूल्य ५ प्रतशितभन्दा धेरैले घटबढ भएमा सो अनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन हुने भएको छ ।
नयाँ भाडा दर हेर्न तलकाे लिंक थिच्नुहाेस् ।
More Stories
दोस्रो आत्मानन्द गोल्डकप २०२४ बेलडाँगीमा सम्पन्न (भिडियाे सामाग्री सहित)
नयाँ अभ्यास चामाल पनि पुरस्कार ७ पुस २०८१/झापा झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा दोस्रो आत्मानन्द गोल्डकप २०२४ शनिवार सम्पन्न भएको...
खेतै नजाेति खेती गर्ने तरिका झापामा प्रभावकारी बन्दै (फाेटाे फिचर)
६ पुस २०८१,झापा धान काटेकाे खेतमा सामन्य खाेस्रेर ट्याक्टरमा जाेडिएकाे मेशिनबाट एकैसाथ मल र विउ लगाएर गरिने खेती नै शून्य...
बेलडाँगीमा आमाहरूकाे राेचक फुटवल खेलः सेक्टर सी विजयी (फाेटाे, भिडियाे सामाग्री)
५ पुस २०८१/झापा घरको काममा मात्र सिमित रहेका भूटानी महिलाहरुबीच वेलडाँगी शरणार्थी शिविरमा फुटवल प्रतियोगिता गरिएको छ । २५ देखि...
प्रथम चौमासिकमा मेची भन्सारबाट झण्डै दोब्बर मुल्यको चिया निर्यात
४ पुस २०८१/झापा पूर्वी नेपालकाे दाेस्राे ठूलाे मेची भन्सार नाका हुँदै प्रथम चौमासिकमा २ अर्व २० करोड १५ लाख मुल्यकाे ...
लडेकाे धान काट्ने चेन मेशिनले किसानलाई सहज
३ पुस २०८१/डिकेश लामा प्राकृतिक विपत्तीका कारण धान पाक्ने वेलामा धेरै लड्ने समस्या आउने गरेको छ । तर लडेको धान...
लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
२ पुस २०८१, काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न...