निर्वाचनका लागि माओवादी केन्द्रबाट यूवा परिचालन

२१ चैत्र २०७८, झापा– नेकपा माओवादी केन्द्रले आगामी स्थानीय निर्वाचनलाई लक्षित गरि युवा परिचालन कमिटी गठन शुरू गरेकाे छ । जिल्लाका विभिन्न स्थानीय तहमा शुरूवात गरिएकाे कार्याक्रमले निर्वाचन परिणाममुखी बनाउन थप टेवा पुग्ने नेतृत्वले दावी गरेका छन् ।  यस्तै आज सुरुङ्गामा भएको पार्टीको वार्ड भेलाले हिमाल ढकालको संयोजकत्वमा वार्डमा ५१ सदस्यीय युवा परिचालन कमिटी गठन गरेको छ ।

ढकाल माओवादी केन्द्र कनकाईका वार्ड सचिव समेत हुन नेकपा एमालेमा रहेका ढकाल नेकपा हुदै माओवादी, नेकपा समाजवादी र माओवादी केन्द्र अलग अलग हुदा ढकाल एमाले छाडि माओवादी केन्द्र रोजेका हुन । वार्डको युवा परिचालन कमिटीमा बाबुराम कोइराला, विनोद बराइली,नेत्र ढुङ्गेल, प्रकाश सुवेदी, उत्तम सेडाई,विशाल गौतम, नविन सिटौला, उत्सव वास्तोला, कमल सुवेदी, खगेन्द्र पाठक, कुमार बानिया, खडगप्रसाद श्रेष्ठ, मोती मुर्मु, नवराज दाहाल, मिलन दाहाल,मिलन दाहाल, पर्वत ढकाल,जीवन थापा, कमल बस्नेत लगायात ५१ सदस्यीय रहेको छ ।

कमिटीले वार्डका सबै निर्वाचन बुथहरुमा गठबन्धनका सबै उम्मेद्धारलाई सतप्रतिशत जित निकाल्न सक्दो सहयोग पुर्याउने संयोजक हिमाल ढकालले बताउँनुभयो । युवाको भेलालाई पार्टीकी केन्द्रिय निर्वाचन समितिकी सदस्य तथा संविधानसभा सदस्य सुशिला साम्पाङ्ग बर्षा, पार्टीका प्रदेश सदस्य तथा कनकाई नगर इन्चार्ज गोपाल प्रसाई, पार्टीका कनकाई नगर अध्यक्ष यामनाथ सेडाई, पार्टीका वार्ड इन्चार्ज भक्तिप्रसाद संग्रौला, पार्टीका पूर्व जनसरकार प्रमुख भक्ति पाठक, पार्टीका जिल्ला सदस्य सारदा प्रसाई पाठक, शान्ता अधिकारी, सहिद परिवारका निर्मल पौडेल लगायातले बोल्नुभएको छ । अागामी वैशाख ३० गते हुने निर्वाचनमा गठबन्धनले विजय गर्ने सुनिश्चित भइसकेकाे नेतृत्वले दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३३ संक्रमित, ८९ निको
Next post गौरादह गछियामारीका किसानलाई कृषि औजार वितरण (फाेटाे फिचर सहित)