अस्पतालको नाममा दमक रेडक्रसले सरकारी पैसा दुरुपयोग गरेको दाबी

२५ चैत्र २०७८/डिकेश लामा
झापाको दमक वडा नं. ७ मा अस्पताल निर्माण गर्न दिएको रकम दुरुपयोग भएको दावी गरिएको छ । आज नेपाल रेडक्रस सोसाइटी दमक शाखाको एक टोलीले पत्रकार सम्मेलन गर्र्दै मुटु रोगसम्बन्धीको अस्पताल संचालन गर्न दिएको झण्डै ढेड करोड रकम दुरुपयोग भएको दमक शाखाका संस्थापक अध्यक्ष मानबहादुर बुढाथोकीले बताउनु भयो ।


पत्रकार सम्मेलनमा दमकमा लामो समय देखि संचालनमा ल्याइएको रक्तसंचार सेवा र सर्पदंश उपचार सेवा नै समस्यामा परेको बताइएको छ । मुटु अस्पताल संचालन गर्ने भनेर प्रदेश सरकारबाट ल्याइएको १४ लाख बराबरको सहयोग र सांसद विकासकोषबाट ल्याइएको ९० तथा कोषमा रहेका अन्य रकम सहित खर्च गरेर अस्पताल संचालनको तयारी गरेको संरचना भत्काएर बाल अस्पतालका लागि ३० बर्ष भवन निशुल्क दिँदा समस्या उत्पन्न भएको सम्मेलनमा जानकारी दिइएको छ ।
तर यता रेडक्रस सासाइटीका दमक शाखाका सभापति प्रकाश बुढाथोकीका अनुसार मापदण्ड नपुगेकाले केही संरचना बनाएर पनि भत्काइएको र केही रकम मेशिन खरिद बैठकले निर्णय गरेर गरिएको जानकारी दिनु भयाे । उहाँका अनसार सवै प्रकृया बैठकबाटै गरिएकाे हाे । तर यता अाफू वैठकमा उपस्थित नहुँदा पनि किर्ते सही गरेर ३० बर्ष बाल अस्पताललाइ दिने निर्णय गरेकाे सर्वकुमार कार्कीेले बताउनु भयाे । शुरुमा मुटु अस्पताल संचालन गर्ने तयारी गरी पुन बाल अस्पताल संचालन गर्न ३० बर्ष ५० औं करोडको सम्पति निशुल्क दिँदा छानविन गरिनु पर्ने सम्मेलनका सहभागीले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १२ संक्रमित, ८९ निको
Next post दमकमा स्थानीय तहमा नेपालमै पहिलाे पटक खाद्य परिक्षण प्रयोगशाला उद्घाटन (फाेटाे फिचर सहित)