झापामा ५ दलीय गठबन्धनको टुङ्गो भोलि हुने (फाेटाे फिचर सहित)

२ वैशाख २०७९/सारासन्देश समाचार
स्थानीय तहको निर्वाचनका लागि झापा जिल्लामा उम्मेद्वारी तालमेलका विषय भोलि सुनिश्चित हुने भएको छ । प्रतिगमन विरुद्ध संघर्षरत पाँच दलीय गठबन्धनको आज बिर्तामोडमा सम्पन्न वैठकले गठनबन्धन गरेर जाने सहमति जनाएका छन् ।
आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि झापाका १५ वटा स्थानीय तहमा उम्म्द्वारको टुङ्गो र उम्मेद्वार तालमेलका विषयमा बैठकमा छलफल भएको छ । छलफलमा सहभागी नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईका अनुसार आज भएको वैठकमा उम्मेद्वारी तालमेलका विषयमा भएको छलफल सहमति नजिक पुगेको छ । भोलि शनिवार अपरान्हसम्ममा पाँच दलीय गठबन्धनले उम्मेद्वारी तालमेलले अन्तिम रुप लिने उहाँले बताउनु भयो ।


आज भएको वैठकमा गठबन्धन दलका झापा जिल्ला संयोजक तथा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश नम्वर १ का कृषि मन्त्री झलकसिंह दर्लामी सन्देश, संविधान सभा सदस्य मोहन टुडु, माओवादी केन्द्रका प्रदेश कमिटी सचिवाालय सदस्य सीपी कडरिया , झापा अध्यक्ष राजु आचार्य अग्नि, नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटव्यूरो सदस्य भाष्कर काफ्ले, निलमणि वराल, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नित्यानन्द ताजपुरिया, झापा अध्यक्ष दीपेनवाला राई लगायत वैठकमा सहभागी भएका छन् । चुनाव नजिकिए पनि मुख्य राजनैतिक दलले उम्मेद्वारको टुङ्गो नलाएकोले चुनावको सरगर्मी खासै बढ्न नसकेको स्थानीय तहका कार्यकर्ताले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १४ संक्रमित, ५५ निको
Next post प्रथम आदर्श कराते प्रतियोगिता २०७९ सम्पन्न (फाेटाे फिचर सहित)