विश्व प्रेस स्वतन्त्रता दिवशः प्रेस स्वतन्त्रता व्यवहारमा हुनु पर्नेमा जोड (फाेटाे फिचर सहित)

२० बैशाख २०७९/डिकेश लामा

नेपालमा प्रेश स्वतन्त्रताको सम्मान संविधान र कानुनमा मात्र नभई व्यवहारमा हुनु पर्नेमा पत्रकारिता क्षेत्रका नेतृत्वले बताएका छन् ।
विश्व प्रेश स्वतन्त्रता दिवशको अवसरमा झापामा भएको अन्तकृया गोष्ठीमा पत्रकारितको स्वतन्त्रता नारा र कानुनमा मात्र सिमित भएको प्रति अग्रज पत्रकारले चिन्ता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ झापाको आयोजनामा भएको कार्याक्रममा अवको अनलाइन पत्रकारिता कस्तो गर्ने भन्ने विषयमा प्रशिक्षण समेत दिइएको छ ।
विश्व प्रेश स्वतन्त्रता दिवशको अवसरमा झापाको कमल गाउँपालिकामा गरिएको पत्रकारिताको बदलिँदो आयाम विषयक प्रशिक्षण गोष्ठी तथा अन्तकृयामा पछिल्लो प्रविधिले पत्रकारितामा ल्याएको चुनौती थपेको ेपालमा अनलाईन पत्रकारिताका लामो समय सम्पादन गर्नु भएका सम्पादक पत्रकार अरुण बरालले बताउनु भयो ।


पत्रकारिता डिजिटलको नियन्त्रणमा भन्ने विश्व प्रेश स्वतन्त्रताको यस बर्षको नाराले पत्रकारिता पेशालाई कसरी माथि उठाउने भन्ने विषयमा छलफल भएको छ । गौरादह नगरपालिकाको सहयोगमा भएको कार्याक्रममा नजिकिदैं गएको चुनावमा संचारकर्मी र संचारगृहले निर्वाचन आचारसंहिताको पालनामा विषेश जोड दिनु पर्ने कार्याक्रमका प्रमुख अतिथि गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले बताउनु भयो ।
जिल्लाका ३५ जना पत्रकारको सहभागितामा जिल्ला अध्यक्षा एकराज गिरीकाे सभापतित्वमा भएको कार्याक्रममा अवको अनलाईन पत्रकारिताले सामाजिक संजालसँग कसरी स्वच्छ प्रतिस्पर्धा गर्ने भन्ने विषयमा चर्चा समेत गरिएको छ ।


उद्घाटन समारोहमा महासंघ प्रदेश १ समितिका सदस्य विष्णु सुब्बा, प्रेस चौतारीका जिल्ला अध्यक्ष मनकुमार गदाल, प्रेस युनियनका जिल्ला उपाध्यक्ष गिरिराज भट्टराई, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष अनिलदेव राई, फोनिजकी जिल्ला अध्यक्ष भूमिका सुब्बा, सञ्चार क्लब गौरादहका सचिव सान नेपाल, शिवसताक्षी प्रेस क्लवका अध्यक्ष सेलिङ केसीले अनलाइन र प्रेश स्वतन्त्रताकाे विषयमा बाेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post खुल्ला दिशा मुक्त नारामा मात्रैः झापा गाऊँपालिका सीमावर्ती क्षेत्रका केही गाऊँमा अझै शौचालय छैन (फाेटाे फिचर सहित)
Next post नेपालमा आज २९ जनामा संक्रमण