झापामा निर्वाचन केन्द्रित सुरक्षा तयारीः २७ गते राती देखि सीमा नाका बन्द गरिने

२३ वैशाख २०७९/डिकेश लामा

स्थानीय तहको निर्वाचन नजिकएसँगै झापामा सुरक्षा व्यवस्था कडा पार्न थालिएको छ । १४४ किलो मिटर भारतसँग खुल्ला सीमा रहेको झापामा सिमावर्ती क्षेत्रमा सुरक्षा परिचालन गरिएको छ ।

यस अघि सीमा सुरक्षार्थ स्थापना गरिएका अस्थायी फरवार्ड पोष्टमा समेत प्रहरीहरु सक्रीय बन्न थालेका छन् । चुनाव नजिकिएसँगै सीमावर्ती क्षेत्र देखि खासगरी मतदान स्थल केन्द्रित सुरक्षालाई ध्यान दिन थालिएको झापा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक विश्वमणी पोखरेलले बताउनु भयो । पोखरेलका अनुसार झण्डै ३ हजार म्यादी प्रहरी भूगोल र सुरक्षाको स्थिति हेरेर परिचालन गरिएको बताउनु भयो । सुरक्षा व्यवस्थाका लागि तहगत सुरक्षा प्रदान गर्ने नीतिमा प्रशासनले तयारी गरेको छ ।

भूगोल र सुरक्षाको दृष्टिकोणको आधारमा सुरक्षा रणनीति बनाएर सुरक्षा व्यवस्था मिलाई सकिएको छ । निर्वाचनको वेला ३ दिन अगावै अन्तराष्ट्रिय सीमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनु भयो । प्रजिअ रिजालका अनुसार यस अघि नै सीमा क्षेत्रका जिल्ला स्तरका प्रमुखसँग भरच्यूल बार्ता गरी सहयोग गर्ने समेत प्रतिवद्धता जनाएको बताउनु भयो ।
तर यता जिल्लामा दलहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहँदा पनि कार्वाही भने गर्न सकेको छ । संहिता उल्लंघन गर्नेलाई कडाईका साथ नियन्त्रण गर्ने भनिए पछि प्रहरी प्रशासनले नियन्त्रण गर्न नसकेको नागरिक समाजका अगुवाले बताएका छन् । झापा जिल्ला नेपालकै मोरङ्ग पछि दोस्रो धेरै ६ लाख ४६ हजार २ सय ३४ मतदाता रहेको जिल्ला हो । २ सय ८६ मतदान स्थलको ७ सय ५५ वटा केन्द्रमै सुरक्षा देखि सम्पूर्ण तयारी भईसकेको निर्वाचन कार्यालय झापाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १५ जना कोरोना संक्रमित, १७ जना निको
Next post नेपालमा आज १४ जना कोरोना संक्रमित, २१ जना निको