सिंगारियो कमलकाे साङ्गे तमु गुम्बा दाताको दानबाट

अधिबक्ता लिङदेनकाे सहयाेगबाट ६ लाखकाे मुर्ती राखियाे

 

१५ पौष २०७७/झापा
तमु ल्होछारको अवसरमा दाताहरुबाट झापाको कमल गाऊँपालिका वडा नं. ३ मा रहेको साङ्गे छ्योइलिङ्ग तमु बौद्ध गुम्बामा बुद्धको मुर्ती स्थापना र भवन विस्तार गर्ने कार्य भएको छ । संघीय सरकारले विकासमा सहयोग नगरेका कारण ओझेलमा रहेको गुम्बाको विकास स्थानीय बौद्धधर्मावलम्भीहरु सक्रीय हुन थालेका छन् । कानुन विषयका प्राध्यापक समेत रहनु भएका अधिबक्ता नरबहादुर लिङदेनले गुम्बामा ६ लाख मुल्यको बुद्ध भगवानको मुर्ति स्थापना गर्नु भएको छ । बुद्धको मुर्तिको दान गर्दै लिङ्देनले आफ्नो धर्मपत्नी अन्जु गुरुङ्गको इच्छानुसार बौद्ध समूदायमा धार्मिक विकास र सहभागिता जुटाउन मुर्तीको स्थापना गरेको बताउनु भयो । उहाँले भवनको उद्घाटन गर्दै बुबा आमाको पालो देखि नै धार्मिक तथा सामाजिक महत्वका काममा सहयोग गर्ने गरेकाले पूर्खाको मर्यादा र धार्मिक विकासमा सहयोग गरेको बताउनु भयो ।

 

यस्तै गुम्बालाई स्थापना काल देखि नै सहयोग गर्दै आउनु भएका उर्लाबारी नगरपालिका वडा नं. ६ सुविदार बीबी गुरुङ्गका जेठी सुपुत्री गंगा गुरुङ्गले सहयोग गर्नु भएको २ लाख ५० हजार रकमबाट गुम्बाुको भवन विस्तार गरिएको छ । गुम्बामा तमु ल्होसारलाई स्वागत गर्दै आज भवन र बुद्ध मुर्तीको उद्घाटन समेत गरिएको गुम्बाकी अध्यक्ष नन्दमाया गुरुङ्गले बताउनु भयो । गुम्बामा हालसम्म दाता र गुरुङ्ग समूदाय तथा बौद्धधर्मावलम्भीले संकलन गरेको १ करोड हाराहारी रकमबाट २ कठ्ठा जमीन सहित भवन र गुम्बा सिंगार्ने कार्य भईरहेको संस्थापक अध्यक्ष राम गुरुङ्गले बताउनु भयो । उहाँले बर्तमान संघीय सरकारले साे गुम्बा र साे क्षेत्रमा बसाेबास गर्ने गुरूङ समूदायलाइ चासाे नदिएकाे गुनासाे पाेख्ननु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा गत २४ घण्टामा ७३१ निकाे ७०८ संक्रमण
Next post अक्सफोर्ड र अस्ट्राजेनिकाको खोपलाई बेलायतले दियो अनुमतिः नेपालमा खाेप कहिले आउँछ त?