कलाकार निर्देशक नेम्बाङ्ग वडा अध्यक्षमा भिड्दै

२५ वैशाख २०७९/सारासन्देश समाचार
यस अघि पटक पटक नेपाल कम्युनिष्ट पार्टी एमालेले जित्दै आएको शिवसताक्षी १ धरमपुरमा कलाकार दुर्गा नेम्बाङ्गले यस पटक पनि नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवाी दर्ता गरेका छन् । यस अघिको निर्वाचनमा पराजय भोग्न बाध्य नेम्बाङ्गले ५ बर्षसम्म गाउँमै रहेर विकासका काममा लागेकाले यस पटकको निर्वाचन आफूले जित्ने दावी गरेका छन् । नेम्बाङ्गका अनुसार आफू कलाकारिता छाडेर यस अघि देखि नै सामाजिक सेवामा लागि परेकाले यस पटकको निर्वाचनको जित आफ्नो पोल्टामा पर्ने बताउनु भयो ।
यस अघि एमाले र काँग्रेशको थोरै मन्तान्तरबाट एमालेका सुवास राईले विजय प्राप्त गरेको सो क्षेत्रमा नेम्बाङ्ग आफैले प्रदेश र संघीय बजेट ल्याएर खानेपानी, सामुदायिक भवन, सडक लगायतका क्षेत्रमा केही महत्वपूर्ण काम आफ्नै अगुवाईमा भएकाले पनि यो पटकको नेम्बाङ्गको पक्षमा जाने स्थानीयले बताएका छन् ।
तर यता एमालेका उम्मेद्वार लक्ष्मी राईले भने आफूले २ कार्यकाल चलाईसकेको क्षेत्र भएको र जनतासँग आफू राम्ररी भिजेकाले पनि यो पटक एमालेकै पक्षमा हुने दावी गर्नु भयो । राईका अनुसार आफ्नो मुख्य प्रतिद्वन्द्वी यो पटक पनि काँग्रेश नै हुने बताउनु भयो । तर उहाँले यो पटक माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बनेका दुर्गा नेम्बाङ्गको पनि चर्चा भने केही राम्रो रहेको बताउनु भयो । तथापी आफ्नो मुख्य प्रतिद्वन्द्वीको रुपमा काँग्रेशका रमेश राई नै रहेको बताउनु भयो । यस अघि रमेश राई नै मुख्य प्रतिद्वन्द्वी रहेका थिए ।
यस पटक शिवसताक्षीको वडा नं. १ मा ४ वटा पार्टीले अध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् । वडामा राप्रपाका तर्फबाट टिकाराम घिमिरे उठेका छन् । झापाका धेरैवटा पालिकामा गठबन्धनव र तालमेलमा रहेको माओवादी केन्द्र, काँग्रेशले यस वडामा भने छुट्टाछुट्दै प्रतिस्पर्धामा रहेका छन् । ४ हजार ४ सय ९७ जना मतदाता रहेको साविक धरमपुर गाविस वडा नं. ८ र ९ रहेको थियो । बहुदल प्राप्ती पछि लगातार एमालेले बर्चश्व जमाउँदै आएको वडामा एकल प्रतिस्पर्धामा कसले बाजी मार्ला भन्ने विषय निक्कै चासो रहेको स्थानीय राजनैतिक अगुवाले बताएका छन् ।

कलाकारिता हुँदै सामाजिक विकासमा पछिल्लो समय निक्कै सक्रीय रहेका नेम्बाङ्गले अन्य उम्मेद्वारको तुलनामा उमेर देखि कार्यगत सक्रीयता राम्रो भएकाले यस पटकको जित सुनिश्चित हुने उहाँले दावी गर्नु भयो । नेम्वाङ किरात मिथकमा आधारित नेपाली चलचित्र ‘खाप्पुना मुरङना’का निर्देशक पनि हुनुहुन्छ । उहाँले दर्जनौं फिल्मको सहनिर्देशन, मुख्य सहायक निर्देशन गरिसक्नु भएकाे छ । आमाको काख, लभ इन चाइना बोर्डर, एउटै भूल, क्याविन गर्ल, जय माँ सतासी, रातो बर्की, छालुम्मालगायतका चलचित्रमा सहनिर्देशन गर्नु भएकाे छ । नेम्वाङले एक भारतीय चलचित्रमा समेत काम गरिसक्नु भएकाे छ । उहाँ केही वर्षदेखि माओवादी निकट लिम्बु कलाकार संघमा आबद्ध भएर राजनीति गर्दै अाउनु भएकाे छ ।

तर उहाँका प्रतिद्वन्द्वी एमाले, काँग्रेश तथा राप्रपाका उम्मेदवारले समेत आफ्नो उम्मेदवारी बलियो रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १७ जना कोरोना संक्रमित, २१ जना निको
Next post नेपालमा आज ८ जना कोरोना संक्रमित, १७ जना निको