आफ्नै नगरबासीमा ओलीको विश्वास र भरोषा टुटिसक्योः शर्मा (फाेटाे फिचर सहित)

२७ बैशाख २०७९/डिकेश लामा
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृह नगर दमकमा एमाले प्रतिको भरोसा टुटेको नेपाली काँग्रेशका महामन्त्री विश्वप्रकाश शमाले बताउनु भएको छ । दमकमा भएको चुनावी सभालाई आज सम्बोधन गर्दै दुई दुई पटक देशलाई कृष्ण्भिरमा लगाउँने प्रयास गरेको ओली माथि जन विश्वास र भरोसा टुटेकाले अव दमकमा गठबन्धनको विजय सुनिश्चित भएको शर्माले बताउनु भयो ।
३० बर्ष देखि कम्यूनिष्टले साशन गरेको केपी ओलीको निर्वाचन क्षेत्रमा यस पटक एमालेलाई पाठ सिकाउन जनता स्वयम् गठबन्धनको उम्मेद्वारलाई भोट हाल्न तयार भएको उहाँले बताउनु भयो । नेकपा एमालेका उम्मेद्वारले समेत चुनावी मैदान छाडेर गठबन्धनमा आउनुले पनि अव दमकमा एमाले प्रति जनविश्वास टुटेको शर्माले दावी गर्नु भयो ।


दमकमा एमालेको तर्फबाट वडा नं. ७ का सदस्यको उम्मेद्वार बनेका गुमानसिंह तामाङले गठबन्धन प्रवेश गर्नु भएको छ । दमकमा सुकुम्बासीलाई एमालेको सरकारले डोजर लगाएर घर भत्काउने देखि उठिबास लगाउने सम्म गरेकाले यस पटक एमालेलाई हराएरै छाड्ने गठबन्धनका उम्मेदवारले बताएका छन् । दमकमा गठबन्धनबाट प्रमुखमा राप्रपाका राम थापा र उपप्रमुखमा काँग्रेशकी रेगिना प्रसाईं भट्टराई उम्मेद्वार बनेका छन् । यस्तै एमालेको तर्फबाट यस अघि उपप्रमुख रहनु भएकी गीता अधिकारी प्रमुखमा र अम्बिका प्रसाद खनाल उपप्रमुख पदका उम्मेद्वार रहेका छन् । दमकको निर्वाचनलाई राष्ट्रिय महत्वका साथ हेर्ने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकमा एमाले घेराबन्दीमाः अध्यक्ष ओली
Next post नेपालमा आज १३ जना कोरोना संक्रमित, १७ जना निको