झापामा हालसम्म १४ पालिकाको परिणाम घोषणा (मत विवरण, फाेटाे फिचर सहित)

एमाले ६२, काँग्रेस ५५, राप्रपा ११ र माके ७ सीटमा विजयी

९ जेष्ठ २०७९/डिकेश लामा
झापामा आजसम्म मेची नगरबाहेक १४ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । जस मध्ये नगरपालिकामा एमालेले नेतृत्व गरेकाे छ भने गाउँपालिकामा काँग्रेश अगाडि रहेकाे छ ।
कन्काईमा एमाले काँग्रेस
कन्काई नगरपालिकाको प्रमुखमा एमालेका राजेन्द्रकुमार पोखरेलले ८ हजार ६ सय ७३ मत ल्याएर दोहोर्याउने अवसर पाउनु भएको छ । पोखरेलका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रुद्रप्रसाद चिमरियाले ६ हजार ६ सय ६१ मत प्राप्त गर्नु भएको छ । यस्तै स्वतन्त्रबाट जेव्रा चिन्हबाट उठ्नु भएका शेरबहादुर थापाले ५ हजार ६ सय ९१ मत प्राप्त गर्नु भएको छ । उपप्रमुखमा काँगे्रशकी आशा शिवाकोटी १० हजार ७ सय १३ मतले विजय हुनु भएको छ । उहाँको निकटम् प्रतिद्वन्द्वी मन्जु प्रसाईंल ८ हजार ८ सय ४५ प्राप्त गर्नु भएको छ ।
भद्रपुरमा काँग्रेस राप्रपा
यस्तै भद्रपुरको प्रमुखमा नयाँ अनुहारको रुपमा काँग्रेशबाट गणेश पोखरेलले १२ हजार ५ सय २५ मतले विजयी हुनु भएको छ । उहाँको निकटम् प्रतिद्वन्द्वी असारु राजवंशीले ९ हजार ७ सय ५९ मत प्राप्त गर्नु भएको छ । यस्तै उपप्रमुखमा राप्रपाकी राधा कार्की ९ हजार २ सय ३० मतले निर्वाचित हुनु भएको छ । यस्तै उहाँको निकटम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका शिवकुमार राज भण्डारीले ८ हजार ५ सय ३३ मत प्राप्त गर्नु भएको छ ।


दमकमा राप्रपा काँग्रेस
दमक नगरपालिकामा भने कडा प्रतिस्पर्धाकाबीच ३ दलीय गठबन्धने प्रमुख तथा उपप्रमुख पदमा विजयी बनेका छन् । राष्ट्रिय चासोकोरुपमा हेरिएको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा ३ दलबीच बनेको गठबन्धनले एमाललेलाई पराजित गरेको छ । एमालेको ३ दशकको विरासतलाई यस पटक ३ दलीय गठबन्धनले भत्काएको छ ।
नगरको प्रमुखमा काँग्रेश, माओवादी र राप्रपाको तालमेलमा बनेको गठबन्धनबाट उम्मेद्वार बन्नु भएका राप्रपाका राम थापा विजयी बन्नु भएको छ । उहाँले एमालेकी नेतृ गीताकुमारी पौडेल अधिकारीलाई ५ सय ५९ मतान्तरमा हराउनु भएको हो । अधिकारी नगरकी निवर्तमान उपप्रमुख समेत हुनुहुन्थ्यो । थापाले १७ हजार ५ सय २५ मत प्राप्त गर्नु भएको छ ।
यस्तै उपप्रमुख पदमा नेपाली काँगेशकी रेगिना भट्टराई प्रसाँई विजयी बन्न भएको छ । उहाँले १७ जार ७२ मत प्राप्त गर्नु भएको छ । उहाँको निकटम् प्रतिद्वन्द्वी एमालेका अम्बिकाप्रसाद खनालले १६ हजार ५ सय ७४ मत प्राप्त गरेका छन् । ३९ हजार ८ सय ९५ मत खसेको १० वटा वडा रहेको दमकमा ७ वटा वडाको अध्यक्षमा एमाले र अन्य वडामा काँग्रेश र राप्रपाले विजय हासिल गरेको छ ।
विर्तामोडमा एमाले विजयी
झापाको बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा पवित्रादेवि महतरा प्रसाईं र उपप्रमुखमा नगेन्द्रप्रसाद संग्रौला विजयी भएका हुन । उहाँ यस अघि सोही नगरपालिकाको उपप्रमुख पदमा हुनु हुन्थ्यो ।
महतराले १६ हजार ५ सय २० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार भोजराज सिटौलाले १२ हजार ७ सय ६२ मत मात्र प्राप्त गर्नु भएको छ ।
उपप्रमुखमा संग्रौलाले १५ हजार ५ सय ८६ प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार सिपी कडरियाले ८ हजार ४ सय ५१ मत प्राप्त गर्नु भएको छ ।
बिर्तामोड १,२,३,४,७ र ९ को वडाध्यक्षमा नेकपा एमालेले जितेको छ । वडा नम्बर ५,६ र १० मा नेपाली कांग्रेसका वडाध्यक्ष विजयी भएका छन । वडा नम्बर ८ मा राप्रपाले जितेको छ ।
कचनकवलमा काँग्रेस एमाले
यस्तै यता कचनकवल गाउँपालिकामा काँग्रेश एमालेको तालमेलबाट बनेको गठबन्धनले काँग्रेशमा कालेन्द्रप्रसाद सिंह राजबंशी विजयी हुनु भएको छ । उहाँले पूर्व अध्यक्ष समेत रहनु भएको राप्रपाका अन्जारा आलामलार्ई हराउनु भएको छ । राजवंशीले ११ हजार ४ सय ५७ र आलामले ६६६७ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा एमालेका नवराज न्यौपानेले ८ हजार १ सय ४३ मत ल्याएर विजयी हुनु भएको छ । उहाँको निकटम् प्रतिद्वन्द्वी राप्रपाकी निमसरी राजवंशीले ६ हजार ८ सय २ मत प्राप्त गर्नु भएको छ ।
हल्दिबारीमा राप्रपा
यस्तै हल्दिबारी गाउँपालिकामा भने राप्रपाका रविन्द्र लिङ्देनले पुन अध्यक्ष पदमा विजयी हुनु भएको छ । उहाँको निकटम् प्रतिद्वन्द्वी एमालेका डम्बरबहादुर गिरीले भने ४ हजार ६ सय ६६ मत प्राप्त गर्नु भएको छ । यस्तै उपाध्यक्षमा पनि राप्रपाबाट ५ हजार ५८ मत ल्याउँदै लक्ष्मीदेवी मैनाली विजयी हुनु भएको छ । उहाँको निकटम् प्रतिद्वन्द्वी एमालेकी शान्तादेवी गौतम्ले ४ हजार १ सय ४ मत ल्याउनु भएको छ । कचनकवलको अध्यक्षमा काँग्रेशका कालेन्द्रप्रसाद सिंह राजबंशी र उपाध्यक्षमा एमालका नवराज भट्टराई विजयी बनेका छन् ।
बाह्रदशीमा एमाले
यस्तै बाह्रदशीमा काँग्रेशलाई हराउँदै एमालेले विजय प्राप्त गरेको छ । अध्यक्षमा देविन्द्रप्रसाद चम्लागाँईले ७ हजार १ सय ४८ मतले विजय हुनु भएको छ । उहाँको निकटम् प्रतिद्वन्द्वी खड्गप्रसाद राजवंशीले ४ हजार ३ सय ६१ मत प्राप्त गर्नु भएको छ । यस्तै उपाध्यक्षमा शान्तादेवी शिवाकोटीले ६ हजार ६ सय ३६ मतले विजयी हुनु भएको छ । उहाँको निकटम् प्रतिद्वन्द्वी कमला राजवंशीले ४ हजार १ सय ९५ मत प्राप्त गर्नु भएको छ ।


झापामा काँग्रेश विजयी
झापा गाउँपालिकामा यस पटक पनि नेपाली काँग्रेशले नै विजय प्राप्त गरेका गरेको छ । गाउँपालिका अध्यक्षमा पुनः जयनारायण शाह नै विजयी बन्नु भएको छ । यस अघि एमालेबाट उपाध्यक्ष जितेको झापा गाउँपालिकामा यस पटक भने उपप्रमुख सहित ५ वटा वडामा काँग्रेसले नै विजय हात पारेको छ । अध्यक्ष साहले ६ हजार ९ सय ९८ मत प्राप्त गर्नु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका गौरीशंकर राजवंशीले ६ हजार ३ सय ६५ मत ल्याउनु भएको छ ।
उपाध्यक्षमा कांग्रेसकी अञ्जुदेवी थपलिया निर्वाचित हुनु भएको छ । उहाँले ५ हजार ८ सय ६८ मत प्राप्त गर्नु भयो । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी देवीमाया अधिकारीले ४ हजार ३ सय ७१ मत प्राप्त गर्नु भयो ।
७ वटा वडा रहेको झापा गाउँपालिकामा ५ वटा कांग्रेस र दुईवटामा स्वतन्त्रले जितेका छन् । वडा नं. ३ र ५ मा स्वतन्त्र उम्मेद्वारमा क्रमशः सुभाषलाल गणेश र कृष्णप्रसाद राजवंशी विजयी भएका छन् । यस्तै वडा नं. १ बाट राजकुमार यादव, २ मा हिमाल कुमार चम्लागाँई, ४ मा महमद ताहिर, ६ मा नविन किशोर थापा र ७ मा शखिचन्द्र ठाकुर विजयी बनेका छन् ।
बुद्धशान्तिमा काँग्रेश एमाले विजयी
झापाको बुद्धशान्ति गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका मनोज प्रसाईं निर्वाचित हुनु भएको छ । प्रसाईले उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार मिरा भूर्तेललाई ३ हजार ११ मतान्तरले पछि पार्दै विजयी बन्नु भएको हो । भूर्तेल गाउँपालिकाकी निबर्तमान उपाध्यक्ष समेत हुनु हुन्थ्यो ।
यसैगरी उपाध्यक्षमा एमालेका उम्मेदवार भवानी खतिवडा विजयी हुनु भएको छ । उहाँले ८ हजार ७४ मत प्राप्त गर्दा उहाँको निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार खड्ग तिम्सिनाले ५ हजार २ सय १६ मत प्राप्त गर्नु भएको छ ।
बुद्धशान्ति गाउँपालिकामा काँग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका थिए । गाउँपालिकामा रहेका सात वडा मध्ये १ र ७ को वडाअध्यक्षमा एमाले निर्वाचित भएको छ भने अन्य वडाको वडाअध्यक्ष काँग्रेसले विजय हात पारेको छ ।
योसँगै झापामा ५ वटा गाउँपालिका र ४ वटा नगर पालिकाको मत परिणाम सार्वजनिक भईसकेको छ । यस्तै अर्जुनधाराको मत परिणाम भोलिसम्म सार्वजनिक हुने निर्वाचन अधिकृत लोकबहादुर कटुवालले बताउनु भयो । यस बाहेक भोलि वेलुकासम्म मेचीनगर बाहेक अन्य पालिकाको मत सार्वजनिक हुन सक्ने जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले बताउनु भयो ।
अर्जुनधारामा एमाले विजयी
झापाको अर्जुनधारा नगरपालिकामा नेकपा एमालेले विजय प्राप्त गरेको छ । नगरपालिकाको प्रमुखमा बलदेवसिंह गोम्देन तामाङ विजयी बनेका छन् । उहाँले १९ हजार १ सय ६९ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसकी रंजिता कार्कीले १३ हजार ७ सय ४३ मत प्राप्त गर्नु भएको छ । तामाङ अर्जुनधारा नगरपालिका वडा नं १० का निवर्तमान वडाअध्यक्ष हुनु हुन्छ ।
यसैगरी उपमेयरमा एमालेकी खड्गमा पराजुलीले १७ हजार ६ सय ३७ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँको निकटम् प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रको तर्फबाट बन्नु भएका उपप्रमुख पदका उम्मेद्वार जितेश योञ्जनले भने ९ हजार ७१ मत मात्र ल्याउनु भएको छ ।
यसैगरी अर्जुनधारा नगरपालिकाको वडा नं. ७, ८, १० र ११ वडामा एमालेका तर्फबाट वडा अध्यक्षमा विजयी भएका छन् भने बाँकी ७ वटा वडाको अध्यक्षमा काँग्रेशले विजय प्राप्त गरेको छ ।


गोलामा हारेका राई भारी मतले विजयी
झापाको कमल गाउँपालिकाको अध्यक्षमा हुकुमसिंह राई विजयी बन्नु भएको छ । यस अघिको निर्वाचनमा बराबरी मत आए पछि एमालेकी नेतृ मेनुका काफ्लेसँग गोलाप्रथामा पराजय व्यहोर्नु परेको राईले यस पटक भारी मतान्तरले निर्वाचित हुनु भएको छ । यस अघि २०७४ सालको निर्वाचनमा ८ हजार २ सय ७५ मत ल्याएका राईले यस पटक १२ हजार ८ सय ८६ मत ल्याएर विजयी हुनुृ भएको छ । उहाँको निकटम् प्रतिद्वन्दी एमालेका भिमप्रसाद राईले ९ हजार ६ सय ५३ मत ल्याउनु भएको छ ।
यस्तै गाउँपालिका उपाध्यक्षमा एमालेकी नेतृृ प्रमिला न्यौपाने विजयी बन्नु भएको छ । उहाँले आफ्नो निकटम् प्रतिद्वन्दी माओवादी केन्द्रका पर्शुराम सुवेदीलाई हराएर विजय प्राप्त गर्नु भएको हो । न्यौपानेले १० हजार ४ सय ४५ मत प्राप्त गर्दा सुवेदीले ८ हजार ३ सय ७१ मत प्राप्त गरेका छन् । ७ वटा वडा रहेको कमलमा ४ एमाले र अन्य ३ वटा वडामा नेकपा एकिकृत समाजबादी, माओवादी केन्द्र र काँग्रेसले एक एक वडाको अध्यक्षमा विजय प्राप्त गरेका छन् । झापा जिल्लामा सत्ता गठबन्धनको पूर्णरुपमा कार्यन्वयन भएको पालिका कमल मात्र हो । तथापि धेरै स्थानमा एमालेले विजय प्राप्त गरेकाले गठबन्धनभित्र अन्र्तघात भएको पराजित उम्मेद्वारले गुनासो पोखेका छन् ।
शिवसताक्षीमा गठबन्धन विरुद्ध एमाले विजयी
झापाको शिवसताक्षी नगरपालिकामा गठबन्धनलाई हराउँदै एमालेले विजय प्राप्त गरेको छ । नगरको प्रमुखमा मेघाहाङ्ग थोप्रा विजयी बन्नु भएको छ । उहाँले निकटम् प्रतिद्वन्दी काँग्रेसका पर्शुराम ढुङगानालाई ३ हजार ४ सय ४८ मतान्तरले हराएर विजयी बन्नु भएको हो । थोप्राले १६ हजार ४ सय ९८ मत प्राप्त गर्नु भएको छ ।
यस्तै उपप्रमुखमा पनि नेकपा एमालेकी नरमाया कार्की १४ हजार १ सय ५५ मत ल्याएर विजयी बन्नु भएको छ । उहाँले निकटम् प्रतिद्वन्दी गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका महेन्द्र भट्टराईलाई पराजित गर्नु भएको हो ।
११ वटा वडा रहेको शिवसताक्षी नगरपालिकामा गठबन्धनको ५ वटा वडामा काँग्रेस, १ माओदी केन्द्र र ५ वटा वडाको अध्यक्षमा एमालले विजयी बनेको छ ।


गौरीगंजमा महिला विजयी
झापाको भारतीय सिमावर्ती क्षेत्रमा रहेको गौरीजंग गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष पदमा महिला उम्मेदवार विजयी बनेका छन् । पालिकाको अध्यक्षमा नेपाली काँग्रेसकी फुलवति राजवंशी विजयी बन्नु भएको छ । उहाँले ५ हजार ६ सय ८९ मत ल्याउँदा उहाँ निकटम् प्रतिद्वन्द्वी एमालेका विजयकुमार अग्रवालले ३ हजार ३ सय ३० मत ल्याउनु भएको छ । यस्तै यस अघिका अध्यक्ष राप्रपाका बाबुराजा श्रेष्ठले ३ हजार ३ सय ७ मत प्राप्त गर्नु भएको छ ।
यस्तै उपाध्यक्षमा एमालेकी पूजन न्यौपाने (कूँवर) विजयी बन्नु भएको छ । उहाँले निवर्तमान अध्यक्ष समेत रहनु भएका काँग्रेसका महना महत्तोलाई हराउनु भएको हो । न्यौपानेले ४ हजार ७ सय ५५ मत प्राप्त गर्नु भएको छ । गौरीगंजको वडा नं. १ को मत परिणाम विवाद भएकाले टुङगो लाग्न नसकेको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताउनु भयो । वडा नं. १ मा मत बराबर भए पछि विवाद भएर राजनैतिक दलले पुर्नगणनाको माग राखेका छन् ।
गौरादहमा एमाले विजयी
झापाको गौरादह नगरपालिकामा एमालेले विजयी बनेको छ । नगरको प्रमुखमा निर्वमान प्रमुख रोहितकुमार शाहलाई हराउँदै एमालेका छत्रपति सुवेदी विजयी बन्नु भएको छ । सुवेदीले १२ हजार ८ सय ४९ मत प्राप्त गर्दा शाहले ११ हजार ४ सय ८४ मत प्राप्त गर्नु भएको छ ।
यस्तै उपप्रमुख पदमा एमालेकी जलबर्षा राजवंशी विजयी बन्नु भएको छ । उहाँले ११ हजार ९ सय १४ मत प्राप्त गर्नु भएको छ । उहाँको निकटम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पुष्पलाल ढकालले १० हजार ४ सय ३८ मत प्राप्त गर्नु भएको छ । विवादले २ दिन मत गणना स्थगित भएको गौरादहमा ५ एमाले, २ काँग्रेस, १ स्वतन्त्र र १ माओवादी केन्द्रका उम्मेद्वारले वडाअध्यक्ष पदमा विजय प्राप्त गरेका छन् ।

यसैबीच झापाकाे मेचीनगर नगरपालिकाकाे मत परिणाम भाेलिसम्म सार्वजनिक हुने जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले बताउनु भयाे । जिल्लामा हालसम्म एमालेले ७ प्रमुख, ९ उपप्रमुख सहित ६२ सीटमा विजयी बन्दै जिल्लामा सवै भन्दा धेरै सीट जित्ने पार्टी बनेकाे छ । यस्तै काँग्रेसले ६ प्रमुख, ३ उप सहित ५५ सीटमा विजयी बनेकाे छ । यस्तै राप्रपाले २ प्रमुख, २ उप सहित ११ सीट र नेकपा माअाेवादी केन्द्रले ७ वडामा अध्यक्ष मात्र विजय गर्न सफल बनेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post स्वतन्त्र उम्मेद्वारको नमूना उदाहरणः धरानका नवनिर्वाचित हर्क साम्पाङ्ग
Next post झापाकाे १५ पालिकाको परिणाम घोषणाः एमाले जित्याे धेरै पद (मत विवरण, फाेटाे फिचर सहित)