तारा एयरको विमान दुर्घटनामा परेका सबै यात्रुको शव भेटियोः २ परिवारकाे ११ जनाकाे एउटै चिहान (घटना स्थलकाे फाेटाेहरू सहित)

१६ जेष्ठ २०७९, सारासन्देश समाचार– मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको छ । फेला पारेर गाउँ झारिएका लाश काठमाण्डाैं ल्याउने तयारी समेत थालिएकाे छ । फेला परेका शवमध्ये १० वटा शवलाई तल बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको छ । खराब मैसम र अप्ठ्यारो भूगोलमा उद्धारकर्ताले शव बोकेर झार्नुपर्ने भएकोले समस्या देखिएको छ ।

शवहरू भीरमा छरिएकाले संकलन गर्न समस्या भएको उद्धारमा खटिएका स्थानीय इन्द्रसिंह शेरचनले बताउनु भयाे । फेला परेका शवको पहिचान भने भइसकेको छैन ।
कोवाङ झारिएका शवको प्रहरीले पोष्टमार्टम तथा मुचुल्का बनाउन थालेको छ । दुर्घटनामा चालक दलका ३ सदस्यसहित २२ जना यात्रुको मृत्यु भएको हो ।‘फेला परेका शवमध्ये १० वटा तल बस्तीमा झारिएको छ । बाँकी ल्याउने क्रम जारी छ । उद्धारकर्ताले भीरमा बोकेर झार्नुपर्ने भएकोले एकै खेपमा उद्धार सम्भव भएन’ उद्धारमा संलग्न एक सैनिक अधिकारीले भन्नु भयाे, ‘तल ल्याइएका शवको मुचुल्का तयार पारी शव काठमाडौं लैजाने योजना छ ।’

गत शुक्रबार एक भारतीय जोडी छोराछोरीसहित नेपाल घुम्न आयो। काठमाडौं आएको जोडीको नेपालमा घुमाउने जिम्मा पाएको थियो, कैलाश भिजन ट्रेक्सले । शुक्रबारको रात काठमाडौंमा बिताएका भारतीय शनिबार पोखरा गए। उनीहरूको गन्तव्य जोमसोम थियो। उनीहरू मुक्तिनाथको दर्शन गर्न आएका थिए । हजारौं किलोमिटर टाढाबाट आएका उनीहरू गन्तव्य पुग्न केही किलोमिटर मात्रै बाँकी थियो। उनीहरू चढेको तारा एयरको ट्विनअटर जहाज सम्पर्कविहीन भयो । सोमबार बिहान मुस्ताङमा पहाडमा ठोक्किएको अवस्थामा जहाज भेटिएको छ। अहिलेसम्म २२ जनाको शव फेला परेको छ। तर केहीका लाशकाे पहिचान गर्नै नसकिने अवस्था रहेकाे उद्दारमा खटिएकाे नेपाली सेनाले जानकारी दिएकाे छ । तारा एयरको जहाजमा नेपालका पनि दुई परिवारका ११ जनाको मृत्यु भएको छ। संयोग नै मान्नुपर्छ, ज्यान गुमाउने चार भारतीय पनि एकै परिवारका छन्। वैभवी बान्डेकर, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी र ऋतिका त्रिपाठी जहाज दुर्घटनामा परेका हुन्।

काठमाडौंस्थित भारतीय दूतावासका अनुसार त्रिपाठी परिवार मुम्बईदेखि आएको हो । द इन्डियन एक्प्रेसका अनुसार ५१ वर्षीया वैभवी मुम्बईको बान्द्रा कुर्ला कम्प्लेक्समा काम गर्थिन् । उनका श्रीमान् ५३ वर्षका अशोककुमार ओडिसामा काम गर्थे । २४ वर्षका धनुष र १५ वर्षकी ऋतिका आमासँग मुम्बईमै बस्थे  । वैभवी र अशोककुमार वैवाहिक जीवनबाट अलग भएका थिए । वैभवीकी बहिनीको भनाइ उद्धृत गर्दै इन्डियन एक्प्रेसले अदालतले वर्षमा १० दिन छोराछोरीले बाबुसगै बिताउनु पर्ने आदेश दिएको उल्लेख गरेको छ। त्यही १० दिनको समयमा उनीहरूले यसपालि नेपालको मुक्तिनाथ पुग्ने योजना बनाएकाे वैभवीकी बहिनीले स्थानीय प्रहरीलाई जानकारी दिनु भएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सवारी व्यवस्थापनमा लाग्दै सीमा क्षेत्र काँकडभिट्टाका ट्राफिक
Next post दमकमा माओवादी हार्नुको मुख्य कारण कांग्रेस रहेको पार्टीको निष्कर्ष