दमकमा निर्माणधीन भ्यू टावरलाई अस्पताल बनाउन माग (फाेटाे फिचर सहित)

२६ जेष्ठ २०७९, सारासन्देश समाचार

झापाको दमकमा १ अर्व ५६ करोड बजेटमा निर्माणधीन भ्यू टावरको संरचनालाई मेडिकल कलेज सहित प्रादेशिक अस्पताल संचालन गरिनु पर्ने माग गरिएको छ । आज दमक नगरपालिकाका नवनिर्वाचित प्रमुख राम थापालाई माओवादी केन्द्र दमक नगर कमिटिले ज्ञापन पत्र बुझाउँदै सो माग गरिएको हो । यस्तै झापाको दमकमा मात्र उठाउँदै आइएको सवारी पटके कर हटाउन माग गरिएको छ । जिल्ला भर कँही नभएको सवारी कर हटाउँने भनिएको गठबन्धनको चुनाव अघिको घोषणा तत्काल कार्यान्वयनमा ल्याउन माग गरिएको नगर इन्चार्ज वेदु गौतमले बताउनु भयो ।

१९ वटा बूँदामा रहेको ज्ञान पत्रमा भूमिहीन तथा सुकुम्बासीको समस्या तत्काल समाधन गर्नु पर्ने, निशुल्क खानेपानी वितरण र सरसफाई कर हटाउनु पर्ने, दमक सामुदायिक भवनलाई निर्माण पूर्व भएको सम्झौता अनुसार फाल्गुनन्द सामुदायिक भवन नामकरण गरिनु पर्ने लगायतका माग गरिएको नगर अध्यक्ष रवि बस्नेतले बताउनु भयो । यता ज्ञापन पत्र बुझ्दै नवनिर्वाचित नगर प्रमुख थापाले आफूहरुले निर्वाचन अघि गरेका घोषणा र विपन्न नागरिकको हितमा हुने कार्य गर्न विनियिम र ऐनमा टेकेर हुनेसम्मको कार्य गर्ने बताउनु भयो ।

दमक नगरपालिकामा प्रमुख, उपप्रमुख र ३ वटा वडाको अध्यक्षमा गठबन्धनको तर्फबाट राप्रपा र काँग्रेसले विजय प्राप्त गरेको छ भने बाँकी ७ वटा वडाको अध्यक्ष सहितको प्यानलमा एमालले विजय प्राप्त गरेको छ ।

One thought on “दमकमा निर्माणधीन भ्यू टावरलाई अस्पताल बनाउन माग (फाेटाे फिचर सहित)

  1. अस्पताल बने पुन राजनीति गरि अलिक ठूलो भाग खान पाईन्छ भन्ने रणनीति मात्रै हो यो ।
    फेरिपनी त्यही कुरा दोहोर्‍याउछु, ” दमक र आसपासमा रहेका निजि तथा सरकारी अस्पताल नै मापदण्ड तोकि सोही अनुसार चलायमान गराउने हो भने हाल संचालनमा रहेकै अस्पताल धेरै हुन्छन् यस क्षेत्रका लागि ।”
    आवश्यक अध्ययनपछि प्रस्ताव आउनुपर्नेमा एउटाले गफै गफमा कुरा निकल्यो अर्कोले समर्थन बटुल्दै हिँड्यो ।
    राजनैतिक र ब्यापारिक ईगो बाहेक अरु केही देखिन्न आजकल हरेक क्षेत्रमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा निर्वाचनको समीक्षा सम्पन्नः मतदाता शिक्षा र आचार संहिता कार्यन्वयनमा जाेड दिनु पर्ने सुझाव
Next post नेपालमा आज २२ जना संक्रमित थपिए