कारागारमा भाइरस देखा परे पछि सर्तकता

एक महिला सहित १० जना संक्रमित

१० असोज २०७७
झापा – क्षमता भन्दा तेब्बर जनसंख्या रहेको झापा कारागारमा १० जनामा कोरोना पोजिटिभ देखा परेको छ । झापाको जिल्ला कारागारमा १० जना मानिसमा कोरोना पोजिटिभ देखा परे पछि व्यवस्थापनको तयारी थालिएको छ । शुक्रबार आएको रिर्पोट अनुसार ७ जना कैदिबन्दी, २ प्रहरी र एकजना कारागारका स्टाफमा भाइरस पोजिटिभ देखा परेको छ । पोजिटिभ देखा परेका मध्ये एक महिला सहित २२ बर्ष देखि ७५ बर्षसम्म रहेको कारागार व्यवस्थापन विभागका प्रमुख राजेन्द्र गौतम्ले बताउनु भयो । संक्रमित सवैको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।
३ सय ५० क्षमता रहेको कारागारमा हाल १ हजार १ सय ४२ जना रहेका छन् । तेव्बर संख्यामा राख्नु पर्दा कैदिबन्दीको बसोबास बाक्लो रहेको छ । पोजिभिट देखा परेकालाई मेची अञ्चल अस्पताल लगिएको छ । कारागारभित्र थप संक्रमण बढ्न सक्ने भन्दै २ सय जना आट्ने क्षमताको टेन्ट घर बनाउने तयारी थालिएको जिल्ला कारागार झापाले जनाएको छ । कारागार भित्र ६८ जना बृद्धबृद्धा, ७५ महिला र ५ जना आश्रित बालबालिका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post खुशीकाे खबर ः वितेकाे २४ घण्टामा संक्रमित भन्दा निकाे हुने धेरै
Next post अशोजमा आएको बाढीले झापामा वितण्डा मच्यायो (भिडियाे सहित)