अशोजमा आएको बाढीले झापामा वितण्डा मच्यायो (भिडियाे सहित)

९ वटा घर बगे भने ४५ घर विस्थापित
१० अशोज २०७७


झापा–पछिल्लो समय आएको अविरल मनसुन कारण झापामा ४५ घर परिवार विस्थापित बनेका छन् ९ वटा घर बगाएको छ । मनसुन अझै नरोकिोले केही स्थानमा धमाधम बस्ती क्षेत्र कटान भइरहेको हुँदा सो क्षेत्रमा थप जोखिम बढेको स्थानीयले बताएका छन् ।
पछिल्लो समय परेको अविरल मनसुन नरोकिएकाले झापाको विभिन्न खोला तथा नदिमा आएको बाढीले अझै केही स्थानमा धमाधम कटान गरिरहेको छ । झापाको बाह्रदशी, भद्रपुर, झापा, हदिबारी क्षेत्रमा आएको बाढीले ४५ घर परिवार विस्थापित भईसकेका छन् । जिल्लामा विरीङ्ग खोलाले बाह्रदशी वडा नं. ६ को तुलसीबारीमा घर नै बगाउन थाले पछि सो क्षेत्रका बासिन्दाहरु विचल्नीमा परेको उनीहरुले बताएका छन् ।
विरीङ्ग खोलामा आएको बाढीले बाह्रदशी गाऊँपालिका वडा नं. ७ तुलसीबारीका ६ घर परिवार घरबार विहीन बनेका छन् । कटानले घर बगाउन थाले पछि शसस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा घर भत्काएर आवाश्यक सामाग्री सुरक्षित गरिए पनि सो क्षेत्रमा कटान रोकिएको छैन । बाढीले घरबार विहीन बनेका बासिन्दालाई उचित व्यवस्थापनको तयारी थालेको सो वडाका अध्यक्ष मित्रराज भट्राईले बताउनु भयो ।

पछिल्लो मनसुनका काराण मेचीखोला, विरीङ्ग, कन्काई, रतुवा, मावा, देउनिया लगायतका खोलामा आएको बाढीले कटान तथा डुवान थालेको छ । बाढीका कारण विस्थापित बनेकाको उचित वासको व्यवस्थापन गर्न उनीहरुले माग गरेका छन् ।

यो बर्ष अधिक बर्षा भएको कारण दक्षिण झापा क्षेत्रमा सयौं विगाह अन्नबाली लगाएको खेतबारी वगरमा परिणत भएको छ । यस बर्षको मनुसनका कारण झापामा २० जनाको मृत्यु भईसकेको छ भने झण्डै ३ सय ५० घर परिवार विस्थापित बनेको जिल्ला विपद व्यवस्थापन समिति झापाले जानकारी दिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

भिडियाे स्टाेरी हेर्न तलकाे लिङ्क थिच्नुहाेस्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कारागारमा भाइरस देखा परे पछि सर्तकता
Next post जहाज दुर्घटना हुँदा २५ को मृत्यु