विधुत प्रसारण लाइनमा मान्छे चढेपछि ८० लाख घाटा, ८ घण्टा पछि सेनाले झार्याे
२८ जेष्ठ २०७९,नुवाकोट– नुवाकाेट जिल्लाको ककनी गाउँपालिका ७ स्थित प्रसारण लाइनमा एक व्यक्ति चढेपछि विद्युत् सेवा अवरुद्ध हुँदा ८० लाख रूपयाँकाे नाेक्सान भएकाे छ । बेलकोटगढी नगरपालिका १३ का प्रेम बिक शनिबार बिहान ११ बजेतिर त्रिशूली-३ ‘ए’ को प्रसारण लाइनमा उक्लिएपछि विद्युत् प्राधिकरणले उत्पादन नै बन्द गराएको हो ।
झण्डै ८ घण्टा विधुत बन्द हुँदा भारतबाट विधुत ल्याउनु परेकाे थियाे । ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार अहिले पनि बिक प्रसारण लाइनमै ओहोरदोहोर गरिरहेकाले विद्युत् सेवा सञ्चालन हुन सकेको छैन । प्रहरी र स्थानीयवासीले उनलाई ओराल्न प्रयास गरिरहेको गरे पनि संभव नभए पछि अन्त्यमा हेलिकप्टरबाट सेनाले विकलाइ अाेरालेका छन् । मान्छे विजुलीकाे तारमा चढे पछि विधुत काट्दा ८० लाख बराबरकाे घाटा भएकाे नेपाल विधुत प्राधिकरणले जानकारी दिएकाे छ ।