दमक नगरपालिकामा कान सुन्ने यन्त्र वितरण

३१ जेष्ठ २०७९, सारासन्देश समाचार
सुस्त श्रवण भएका व्यक्तिलाई आज दमक नगरपालीकाले श्रवण शक्ति यन्त्र वितरण गरेको छ । प्रदेश सांसद अर्जुन राईको सांसद विकास कोषको रकमबाट नगरपालिकाको सहयोगमा नगर भित्रका बालबालिका देखि बृद्धबृद्धासम्मका १३ जना सुस्त श्रवण भएकाहरुलाई कान सुन्ने यन्त्र उपलब्ध गराईएको हो ।
आज दमक नगरपालिकामा एक औपचारीक कार्यक्रम गरी नगर प्रमुख राम थापा, उप प्रमुख रेगिना भट्टराई प्रसार्इं र प्रमुख प्रशासकीय अधिकृत शशि राईले उक्त श्रवण शक्ति यन्त्र वितरण गर्नु भएको छ ।
सुनसरीको धरानस्थित विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डा. बिनय कुमार शाहले श्रवण परिक्षण गरी उक्त सामाग्रीहरु उपलब्ध गराईएको महिला तथा बालबालिका शाखा प्रमुख सरिता भण्डारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post Mostbet AZ 90 kazino azerbaycan Ən yaxşı bukmeyker rəsmi sayt
Next post सक्रिय पत्रकार सञ्जालको दमकमा कार्यालय स्थापना