भूटानी नेता डा. राई प्रति उच्च सम्मान सहित शोक प्रस्ताव पारित
१७ असार २०७९/सारासन्देश समाचार
नेपाली भाषी भूटानीको प्रवासी जीवनको इतिहासमा सवैको नजरमा उच्च सम्मानबाट हेरिएका नेता डा. भम्पा राई प्रति उहाँको संस्थाले आज एक शोक पारित गरेकाे विज्ञप्ती निकालेको छ । बीट्रीपल आरसी अर्थात भूटानी शरणार्थी प्रतिनिधिमुलक स्वदेश फिर्ती समितिका संस्थापक अध्यक्ष रहनु भएका राईको गएको असार ५ गते भएको असमायिक निधन प्रति शोक व्यक्तव्य जारी गर्दै भूटानी समाजले ठूलो क्षति व्यहोर्नु परेको उल्लेख्य गरेको छ । डा. राइले भूटानी प्रवासी समाजमा स्वदेश फर्कने मुद्दा प्रतिकाे अडान र गरेका प्रयासहरू उच्च सम्मान याेग्य भएकाे बताइएकाे छ ।
समितिका महासचिव तिलक राईको अध्यक्षतामा बसेको वैठकले अवको अध्यक्षको जिम्मेवारिता कार्यवाहक अध्यक्षको रुपमा महासचीव राईले सम्हाल्ने निर्णय गरिएको आज जारी प्रेश विज्ञप्तीमा उल्लेख्य गरिएको छ । डा. राईले यस अघि समिति मार्पmत दिनु भएको भूटानी सम्बन्धीका सामाग्रीहरु दस्तावेजिकरणका लागि सम्बन्धीत व्यक्तिलाई फिर्ता गर्न आग्रह समेत गरिएको छ ।