दमकको जैविक कृषि बजार निर्माणमा ढिलाई (फाेटाे फिचर सहित)

बजार संचालनमा नआउँदा अर्गानिकउन्मुख खेती गर्ने किसान मारमा


२८ असार २०७९/डिकेश लामा
सरकारले प्राङगरिक खेतीमा जोड दिन थालेसँगै झापाको दमकमा पहिलो पटक जैविक कृषि बजार निर्माण थालेको २ बर्ष वितिसकेको छ । प्रदेश सरकारको सहयोगमा झण्डै ४ करोड बजेटमा कोल्ड सेन्टर सहित निर्माण थालेको बजार निर्माणमा ढिलाई हुँदा प्राङगरिक उत्पादनले छुट्टै बजार पाउन समस्या भएको छ ।

झापाको दमकमा बृहत अर्गानिक मिसन कार्याक्रम विगत ४ बर्ष देखि संचालनमा ल्याइएको छ । तर अझै पनि प्राङगरिक उत्पादनको छुट्टै बजार नुहँदा महँगो प्रविधिमा खेती गर्ने किसानहरु समस्यामा परेका छन् । हरेक बजारमा विक्री गर्ने तरकारीबालीको विषादी परिक्षण गर्नु पर्ने व्यवसायिकरुपमा प्राङगरिक खेतीमा लाग्नु भएका अर्जुन निरौलाले बताउनु भयो ।
पूर्वी नेपालको प्राङगरिक खेती गर्ने किसानलाई लक्षित गरी दमक नगरपालिका वडा नं.८ मा सरस्वती विधालयको जग्गामा बजार निर्माण थालिएको २ बर्ष भईसकेको छ । २०७८ सालको फाल्गुन १६ गते नै बजार निर्माण भइसक्ने पर्ने हो । तर अझै निर्माणको कार्य पुरा हुन नसकेको निर्माणमा रेखदेख गर्दै आउनु भएका प्रेम लामाले बताउनु भयो । लामाका अनुसार अधिक काम सकिन लागेको भए पनि अझै निर्माण कार्य भने पुरा भइसकेको छैन ।

प्रदेश सरकारको २ करोड ७५ लाख सहयोगमा दमक नगरपालिकाले ३ करोड ९२ लाखमा १४ कठ्ठा क्षेत्रमा अर्गानिक उत्पादन बस्तुका बजार बनाउन थालिएको हो । बजार निर्माण सम्पन्न नुहँदा अर्गानिक खेती गर्ने किसानले छुट्टै बजार पाउन नसकेको अर्गानिक उन्मुख खेती गर्दै आएका किसानले बताएका छन् । दमकमा जैविक कृषि बजार संचालनका लागि दमक ८ र दमक वडा नं. ३ को मान सरोवर कृषि सहकारी संस्था नजिक अर्को संकलन भवन निर्माण गरिएको छ । तर बजारले पूर्णता नपाएकाले अर्गानिकन्मु्ख खेती गर्ने किसानहरु मारमा परेका छन् । अर्गानिक तवरले खेती गर्दा रासायनिक मलको प्रयोग भन्दा महँगो पर्ने भएकाले बजार निर्माण नहुँदा कृषि उपजले उचित बजार र मुल्य पाउन नसकेको संस्थाका व्यवस्थापक महेन्द्र अधिकारीले बताउनु भयो ।

प्रदेश नम्बर एकमा ठूलो लगानीमा जैविक कृषि बजार तोकिएको म्यादमा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन । पछिल्लो समय अर्गानिकउन्मुख खेतीमा लागेका किसानले जैविक कृषि बजारको छुट्टै संचालन र मुल्य निर्धारण गर्नु पर्ने माग गर्दैै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १७७ जनामा संक्रमण
Next post नेपालमा पुनः बढ्न थाल्याे काेराेनाः आज २६० जनामा संक्रमण