बगेको बस्तीमा बाँधः ठेकेदार कम्पनिले समयमा काम नगर्दा बस्ती जोखिममा

३० असार २०७९/डिकेश लामा

झापामा असार महिनाको शुरुवात तिर आएको बाढीले घर बगाएर विस्थापित बनेको बस्ती क्षेत्रमा धमाधम बाँध निर्माण थालिएको छ । झापाको विभिन्न बाढी पसेको क्षेत्रमा बाढी रोक्न बाँध निर्माणले बस्ती जोगिने आशा पलाएको स्थानीय बाढी पीडितले बताएका छन् ।

असार महिनाको मध्य तिर परेको बर्षाले धेरै स्थानमा बाढी बस्ती तिर पस्यो । झण्डै ३ सय भन्दा धेरै घर परिवारहरु विस्थापित समेत बन्न पुगे । १ हजार भन्दा धेरै मानिस प्रभावित समेत बनेको जिल्ला प्रशासन कार्यलय झापाकाले जानकारी दिएको छ । झापाको शिवसताक्षी, दमक, कमल, गौरादह झापा लगायतका केही स्थानमा बस्ती तिर खोला बाढी पस्दा सयौं घर परिवारहरु विस्थापित समेत बनेका छन् । तर पछिल्लो समय बर्षा रोकिएसँगै ती जोखिम क्षेत्रमा धमाधम बाँध बाध्न थालिएको छ । बाँध निर्माण गर्न थाले पछि बास बस्न पाउने आशा पलाएको दमक वडा नं. ७ बाढी प्रभावित क्षेत्रकी शान्ति श्रेष्ठले बताउनु भयो । श्रेष्ठका अनुसार पछिल्लो समय शिवसताक्षी वडा नं. १० गैंडेमा रहेको संघीय सरकारको कार्यलय जनताको तटबन्धले बाँध निर्माण गर्न थाले पछि धेरै राहत मिलेको बताउनु भयो ।


पहिलो बाढीले झापाको दमकमा ३ वटा घर बगायो । केही घर विस्थापित बने । त्यस्तो जोखिम क्षेत्रमा अहिले जनताको तटबन्ध कार्याक्रम र वडाको बजेटले बस्ती बचाउने काम थालिएको दमक वडा नं. ७ का अध्यक्ष भिमप्रसाद पौडेलले बताउनु भयो । पौडेलका अनुसार जनताको तटबन्धले ३ सय मिटर क्षेत्रमा बाँध र तारजाली निर्माण गर्ने काम भईरहेको र बाँकी जोखिम क्षेत्रमा दमक नगरको खर्चमा स्पोर समेत निर्माण गर्न थालिएकोले जोखिम बस्तीलाई बचाउन सकिने बताउनु भयो ।
झापामा एशियाली विकास वैंकको ऋण तथा अनुदानमा ७० करोड बजेटमा गत बर्ष नै १९ स्थानमा बाँध निर्माण गर्नु पर्ने हो । तर मदन अधिकारीको मैनाचुली निर्माण कम्पनी र चाईनिज कम्पनि समेतले ठेक्काको काम समयमा नगरेकाले धेरै बस्ती जोखिममा परेको कमल वडा नं. ७ खयरबारीकी कल्पना बराइलीले बताउनु भयो । उहाँको अनुसार समयमा ठेक्काको काम नगरेकाले बस्ती नै जोखिममा परेको छ ।

यस्तै ठेकेदारले काम नगर्नु र आवश्यक बजेट उपलव्ध नहुनुले झापामा नदि यियन्त्रणमा सोचे जस्तो काम हुन नसकेको जनताको तटबन्ध कार्याक्रमका प्रमुख रुपनारायाण अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार कार्यलयमा बजेट नदिने र केन्द्रबाट लागेको ठेक्काको काम समयमा नहुनुले झापामा धेरै जोखिम क्षेत्रका बढेको छ । आपतकालिन बजेट समेत कटौती गरेकाले यस बर्ष धेरै जोखिम क्षेत्रमा तत्काल रोकथामका काम गर्न समस्या भएको उहाँले बताउनु भयो ।

झापा जिल्लामा यस बर्ष विभिन्न नदि तथा खोलामा १० किलो मिटर बाँध निर्माण गरी सकिएको छ । तर पनि बर्षा र बाढी ठूलो र वेमौषमी आउन थाले पछि जिल्लामा दर्जनौं बस्तीहरु बग्ने अवस्थामा पुगेको बाढी प्रभावित क्षेत्रका बासिन्दाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा पुनः बढ्न थाल्याे काेराेनाः आज २६० जनामा संक्रमण
Next post nur im November lll 400 Willkommensbonus sichern